मुस्ताङमा स्थानीय तहका लागि आकाँक्षी खुल्न थाले

  • २७ चैत्र २०७३, आईतवार
  • सुन्दर कुमार थकाली
  • 2688 पटक पढिएको

मुस्ताङ, २७ चैत । कुल मतदाता संख्या करिव आठ हजारको मात्र रहेको मुस्ताङको आसन्न स्थानीय निकाय निर्वाचन नजिकिदै गर्दा जिल्लाका केहि गाउँपालिकामा रहेका राजनितिक दलका प्रतिनिधीहरु उम्मेदवारीका लागि प्रत्यक्ष— अप्रत्यक्ष रुपमा खुल्न थालेका छन् ।
प्रदेश नं. ४ धौलागिरी अञ्चलमा पर्ने हिमालपारी मुस्ताङमा अन्य जिल्ला जस्तो राजनितिक माहोल नतातिए पनि बिभिन्न गाउँपालिकाका राजनितिक दलका प्रतिनिधिहरु भने आन्तरिक छलफल र गृहकार्यमा जुटेका छन् ।जिल्लामा चुनाबी चहल पहल प्रायः सुन्य जस्तै देखिएता पनि जिल्लाका केहि गाउँपालिकामा अध्यक्ष पदका लागि प्रत्यासीहरुको नामावली क्रमिक रुपमा खुल्न थालेको छ भने दालोमे गाउँपालिकाको उम्मेवारी चर्चा अझै खुल्न सकेको  छैन ।

भौगोलिक बिकटता र संञ्चार सम्पर्क प्रभावकारी नहुदाँ उपल्लो मुस्ताङ पर्ने गाउँपालिकामा अध्यक्ष पदका लागि आकाँक्षीहरुको नामावली सङ्कलनको बिषय गौण बनेको छ ।यद्यपी श्रोतका अनुसार  लोमान्थाङ,छोनुप,छोसेर,सुर्खाङ, आदी गाविस मिलेर बनेको लोमान्थाङ गाउँपालिकामा ने.क.पा. माओवादी केन्द्रका ज्ञानेन्द्र बिष्टको नाम सर्वाधिक चर्चामा रहेको छ ।बिष्ट लोमान्थाङ निवासी हुन् ।यसअधि उनी गाउँपालिका सचिवमा कार्यरत थिए ।सामाजिक क्षेत्रमा कार्यसम्पादन गर्दे आएका बिष्ट लोमान्थाङवासीको मनमष्तिस्क संग जोडिएको नाम हो ।माओवादी केन्द्रले पनि लोमान्थाङ गाउँ पालिकामा बिष्टको उम्मेदवारीले माओवादीले सुरक्षित अवतरण गर्ने अपेक्षा गरेको छ ।

लोमान्थाङ गाउँपालिकाका लागि अध्यक्ष पदमा सशक्त उम्मेदवारी दिने तैयारीमा जुटेका छन् नेपाली काग्रेशका पूर्व जिल्ला कार्यसमितिका सभापती सुर्वण बिष्ट ।बिष्ट नेपाली काग्रेश जिल्ला कार्यसमिति मुस्ताङका एक हस्ती हुन् ।

उनी पटक पटक मुस्ताङका सभापती बनेका व्यक्ति हुन् ।त्यस्तै ने.क.पा. एमालेबाट लोमान्थाङ गाउँपालिकाका लागि अध्यक्ष पदमा दुई जनाले आकाँक्षा देखाएका छन् ।ने.क.पा. एमाले जिल्ला कमिटी मुस्ताङका उपाध्यक्ष  एवम् यातायात व्यवसायी देव गुरुङ र सोहि पार्टीका अर्का आकाँक्षी संङ्खलाल गुरुङ अध्यक्ष पदका लागि चर्चामा छ ।देव र सङ्ख दुबै लोमान्थाङ निवासी हुन् ।लोमान्थाङ गाउपालिकामा दुई बिष्ट र एक पाट्रीका दुई गुरुङ लोमान्थाङ निवासी हुन् ।श्रोतका अनुसार दुई गुरुङ मध्ये देव गुरुङलाई एमाले मुस्ताङले उठाउने सम्भावना बलियो छ ।

उपल्लो मुस्ताङमा राजनितिक तहका प्रतिनिधी भन्दा स्थानीय तहमा योगदान दिएका व्यक्तिहरु हावी हुने लोमान्थाङका स्थानीयहरु बताउछन् ।यस गाउँपािलका पर्यटकिय दृष्ट्रिकोणले पनि महत्वपूर्ण छ ।छिमेकी देश चीन संग जोडिएको लोमान्थाङ गाउँपालिका उपल्लो मुस्ताङको राजधानी पनि हो ।संम्भवत यस गाउँपालिकामा तीनै दलका प्रतिनिधिहरु बीच कडा प्रतिस्पर्धा हुने बिश्लेषकहरु बताउछन् ।
त्यसैगरी मध्य मुस्ताङ अन्तर्गत पर्ने अधिकाँश गुरुङ समुदायको बाहुल्यता रहेको बाह् मुक्तिक्षेत्र गाउँपालिकाबाट पनि अध्यक्ष पदमा नेपाली कांग्रेश र ने.क.पा. एमालेका प्रतिनिधीहले आकांक्षी देखाएका छन् ।एमालेबाट युवा संघ नेपाल जिल्ला कार्यसमिति मुस्ताङका अध्यक्ष रमेश गुरुङ एमालेको पहिलो रोजाईमा पर्न सक्ने नाम भएको श्रोतको दावी छ ।

रमेश गुरुङ खिङ्गा गाउँका स्थानीय हुन् ।उनी मुस्ताङ जिल्लाका यातायात व्यवसायी ,ठेकेदार र कृषि पेशामा आवद्ध छन् । त्यस्तै एमालेबाट अन्य आकाँक्षीहरुमा कागबेनीका छेतेन गुरुङ र धाकारजुङका रिङझिङ गुरुङको नाम समेत चर्चामा छ ।संम्भावित तीन आकाँक्षी मध्ये रमेश गुरुङको सम्भावना बलियो छ ।त्यस्तै यसै गाउँपालिकाका लागि नेपाली काँग्रेशबाट पार्टि उपसभापती नर्वु गुरुङ र यातायात तथा होटल व्यवसायी धारा गुरुङ अध्यक्ष पदका लागि चर्चा बढेको छ ।नर्वु गुरुङ उमेरका हिसाबले पाका व्यक्ति हुन् ।उनी नेपाली काग्रेश मुस्ताङका जिम्मेवार हस्ती हुनुका साथै स्थानीय समाजसेवी पनि हुन् ।धारा गुरुङ मुस्ताङ काग्रेशका युवा हस्ती हुन् ।श्रोतका अनुसार यि दुबै आकाँक्षी मध्ये कसलाई टिकट मिल्ला भन्न सकिने अवस्था छैन ।

प्रसिद्ध धार्मिक स्थल श्री मुक्तिनाथ मन्दिर र कागबेनी त्रिवेणीधाम यसै बाह् गाउँ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेकाले यस गाउँपालिकाको आर्थिक श्रोत साधनले समेत धनी गाउँपालिका हो ।मुख्य दल काँग्रेश र एमालेका आकाँक्षी खुलेता पनि माओवादी केन्द्रबाट नाम अगाडी आउन सकेको छैन् ।यस पालिकामा कांग्रेश र एमाले बीचनै कडा प्रतिस्पर्धा हुने बिश्लेषकहरु बताउछन् । साविकको टुकुचे गाविसमा पर्ने चिवाङ गाविस वडा नं.१ र २ नम्बर वडा ,पर्यटकिय मार्फा गा.वि.स. र सदरमुकाम जोमसोम समेत जोडेर बनाईएको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा केहि नामहरुको चर्चा चलेको छ ।यस गाउँपालिकाको अध्यक्ष पदका लागि ने.क.पा.एमालेका सचिव आश बहादुर थकालीको नाम सिफारिस गरिने बलियो सम्भावना छ ।उनी साविकको मार्फा स्याङ निवासी हुनु ।

कृषि पेशामा आवद्ध थकाली एमाले मुस्ताङका जिम्मेवार हस्ती हुन् ।त्यस्तै ,नेपाली काँग्रेशका तर्फबाट यातायात व्यवसायी तथा स्थानीय समाजसेवी जयन्द्रलाल थकाली उक्त पदका लागि आकाँक्षी देखिएका छन् ।थकाली जनहित उच्च माध्यमिक बिद्यालयका पूर्व शिक्षक एवंमु बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।त्यस्तै माओवादी केन्द्रबाट स्थानीय होटल व्यवसायी दिनेशलाल थकाली र जोमसोम गाविसका स्थानीय समाजसेवी महेन्द्र थकाली तटस्थबाट अध्यक्ष पदका लागि आकाँक्षी बनेका छन् ।त्यस्तै थासाङ गाउँपालिकाको अध्यक्ष पदका लागि काँग्रेशबाट नरसिंह शेरचन ,एमालेबाट नवीन भट्टचन र माआवादी केन्द्रका बिशाल बि.क.को नाम चर्चामा छ ।कागेशका शेरचन लेते ,माओवादीका बि.क. छयो र एमालेका भट्टचन घाँसाका स्थानीय हुन् ।

थासाङ गाउँपालिका वाणिज्य मन्त्री रोमी गौचन थकालीको गृह जिल्ला हो ।थकाली संम्प्रदायको उदुगम स्थल मानीने थासाङ गाउापालिकामा काँग्रेश र एमाले बीचनै  दोहोरो प्रतिस्पर्धा रहने भएको छ ।मुस्ताङमा राजनैतिक दलहरुको समिकरणले  पनि गाउँपालिकाको निर्वाचन उपेक्षाकृत बन्न सक्ने अनुमान गरिएको छ ।काग्रेश र एमालेको मुख्य प्रतिस्पर्धामा माओवादी केन्द्र र राप्रपा गर्ने समिकरणले निर्वाचन परिणाम प्रभावित बन्ने जिल्लाका राजनितिक बिश्लेषकहरुको भनाई छ ।

सुन्दर कुमार थकाली