काँग्रेसले चुनाबी अभियानलाई शसक्त बनाउने

  • २५ चैत्र २०७३, शुक्रबार
  • 1915 पटक पढिएको

म्याग्दी, २५ चैत । नेपाली काँग्रेस म्याग्दी चुनाबी अभियानलाई थप शसक्त बनाउने भएको छ । नगर तथा गाउँपालिकामा चुनाबी अभियानका लागि संयोजक र सहसंयोजक तोकेर कार्यक्रम गर्दै आएको काँग्रेसको शुक्रबार बेनीमा सम्पन्न जिल्ला कार्य समितिको वैठकले त्यसलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।

वैठकमा प्रत्येक नगर तथा गाउँपालिकाका संयोजकले आफ्नो क्षेत्रमा चलाएको चुनाबी अभियान कार्यक्रम, जनताका समस्या र चुनाबमा अपनाउने रणनीतिका विषयमा जानकारी गराएका थिए । वैठकले नगर तथा गाउँपालिकाको वडा तहसम्म थप सशक्त ढँगले कार्यक्रम सञ्चालन गर्न जिल्ला सदस्यको नेतृत्वमा अनुगमन समिति गठन गरेको छ ।

वैठकले नगर तथा गाउँपालिका केन्द्रीय चुनाबी अभियान प्रभावकारी बनेको निस्कर्ष निकालेको छ । प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले वैठकमा हरेक नगर तथा गाउँपालिकामा गठित चुनाबी अभियान टोली र संयोजकलाई वैशाख १ गते भित्र सर्वसम्मत रुपमा नगर तथा गाउँपालिकाको प्रमुख र उपप्रमुखको नाम सिफारिश गर्न निर्देशन दिईएको जानकारी दिनुभयो । वैठकले चुनाबी अभियानका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेको जनाईएको  छ ।