बेनपा १, ७ र ९ मा माओवादी केन्द्रको भेला

  • २५ चैत्र २०७३, शुक्रबार
  • 2573 पटक पढिएको

म्याग्दी, २५ चैत । बेनी नगरपालीका १ रत्नेचौर, ७ बेनी बजार र ९ घतानमा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ ।     बेनपा १ रत्नेचौरमा सेते किसानको अध्यक्षतामा नरबहादुर थापा (निशान) र बाबुराम बोगटी उपाध्यक्ष, कविराज थापा सचिव, चित्रराज थापा सहसचिव र दिवाना थापा (रोका) कोषाध्यक्ष रहनुभएको २१ सदस्यीय वडा कमिटि गठन भएको छ ।

वडा कमिटीको सदस्यहरुमा ओम रोका, भिमबहादुर सुनार, तुलप्रसाद श्रेष्ठ, जंगबहादुर थापामगर, बलराम भण्डारी, राधिका किसान, अमृता खड्का, नरसिङ गिरी, पमी गिरी लगायत रहनुभएको छ ।     सो भेलामा माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य चन्द्रबहादुर घिमीले, सल्लाहकार कृष्णबहादुर थापा, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव कुशल पौडेल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष चिरञ्जिवी बोगटी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय सदस्य भिमबहादुर खड्काले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी बेनपा ७ को कुरीलाखर्कमा सम्पन्न भेलाले लक्ष्मण शर्माको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको सदस्यहरुमा मानबहादुर केसी, मोहन आचार्य, ईश्वरी शाक्य, रहमद खान, सलामदिन मिया, यमबहादुर थापा, जमुना पौडेल लगायत रहनुभएको छ ।    शुक्रबारनै बेनपा ९ घतानमा सम्पन्न वडा भेलाले झलक विश्वकर्माको अध्यक्षतामा सन्दिप खत्री र बिदुर बिक उपाध्यक्ष, गणेश शर्मा सचिव, कोपीला सुवेदी कोषाध्यक्ष र लालमाया नेपाली सहसचिव रहनुभएको २१ सदस्यीय कमिटी गठन भएको छ । ७ र ९ नम्बरको भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, नगर संयोजक शेरबहादुर केसी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदिन पौडेल, सल्लाहकार गंगाबहादुर बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

भेलामा बोल्ने माओवादी केन्द्रका नेताहरुले जनयुद्धमा माओवादीले उठाएको एजेण्डा अनुसारनै नेपालमा गणतन्त्र, संबिधानसभाबाट संबिधान जारी, संघियता, समावेशी व्यवस्था स्थापना भएको र माओवादी नेतृत्वको वर्तमान सरकारले लोडसेडीङ हटाउने, म्याग्दीको विकास योजनाहरुमा ठूलो मात्रामा बजेट भित्र्याउने लगायतका जनपक्षिय काम गरेकाले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन आग्रह गर्नुभयो ।