मुस्ताङमा चौथो राष्टपती कप सुरु

  • २५ चैत्र २०७३, शुक्रबार
  • सुन्दर कुमार थकाली
  • 3397 पटक पढिएको

मुस्ताङ, २५ चैत ।हिमालपारी मुस्ताङमा अन्तर माध्यमिक बिद्यालय स्तरिय चौथो राष्टपती कप रनिङ शिल्ड प्रतियोगिता शुक्रवार देखि थासाङ गाउँपालिका केन्द्र लार्जुङमा सुरु भएको छ । दुई दिन सम्म संञ्चालन हुने प्रतियोगिताको उदुघाटन गर्दे प्रमुख जिल्ला अघिकारी भीमराज पोख्रेलले प्राज्ञिक शिक्षाका लागि खेलकुद अपरिहार्य रहेको बताए ।उनले खेलकुदले बिद्यायार्थीको शारिरीक ,मानसिक र बौद्धिक बिकासमा महत्वपूर्ण योगदान दिने भन्दै स्वस्थ समाजको परिकल्पना खेलकुद क्षेत्रको बिकासले मात्र सम्भव रहने बताए ।‘शरिर स्वस्थ रहे बौद्धिक बिकास मौलाउने गर्छ’उनले भने‘बिद्यायार्थीको शैक्षिक बिकासका लागि खेलकुद एकसाथ रहन आवश्यक छ ।’


जिल्ला समन्वय समितिका संयोजक स्थानीय बिकास अघिकारी बन्धु प्रसाद बास्तोलाले खेलकुदको बिकासले बिद्यायार्थीहरुको सर्बाङ्गिण बिकासमा सहयोग पू¥याउने भन्दै बिद्यायार्थीलाई शैक्षिक बिकासका साथसाथै खेलकुद बिकासमा समेत अग्रसर गराउन आवश्यक रहेको बताए ।‘खेलकुद अनुशासन र बिधि अनुसार खेलिने खेल हो,दक्ष र कर्मठ नागरिक जन्माउन खेलकुद क्षेत्रको संस्थागत बिकास र संरक्षण आवश्यक छ’उनले भने‘ सभ्य समाजको परिकल्पना र राष्ट्रको बिकासका लागि शिक्षा र खेलकुद नङ र मासुको जस्तै सम्वन्ध रहन्छ।’
जिल्ला खेलकुद समन्वय समितिका अध्यक्ष भुपिन शेरचनले खेलकुदलाई मोफसलमा मात्र संञ्चालन नगरी क्षेत्रिय र राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिदै प्रतियोगिता आयोजना गरिएको बताए ।

त्यस्तै जनआदर्श माध्यमिक बिद्यायालय व्यवस्थापन समितिका अध्यक्ष मीन प्रसाद थकालीले मुस्ताङमा खेलकुदको बिकासमा थुप्रै चुनौतीहरु रहेकाले सबै क्षेत्रले यसको बिकासमा सहकार्य गर्न आवश्यक रहेको औल्याए ।उनले जिल्लामा दुई ठुला प्रतियोगिता वर्षेनी संञ्चालन भईरहेको जानकारी गराउँदै बिद्यायार्थीलाई शिक्षाका साथसाथै खेलकुदमा अभिप्रेरित गर्न सके आगामी दिनमा शैक्षिक एवंम् खेलकुद प्रतिभाहरु जन्मने बताए ।थकाली भने,खेलकुद अन्तरनिहित प्रतिभा भएकाले यसलाई जित र हारको रुपमा नभई आपसी भाईचार अभिबृद्धि र आत्मियता साट्न खेलिने भएकाले प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न गर्न आग्रह गरे ।कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका बिद्यायालय निरिक्षक टंङ्कराज बराल र जनआदर्श मा.वि.का प्र.अ. टिकाराम शर्माले बोलेका थिए ।
यसअघि प्रदर्शन गरिएको बिद्यायार्थी मार्चपासलाई जिल्ला खेलकुद समन्वय समितिका अध्यक्ष भुपिन शेरचनले सलामी दिएका थिए ।उदरघाटन पछि सहभागी बिद्यालयका खेलाडीहरुलाई पूर्व खेलाडी बिरेन्द्र तुलाचनले सपथ खुवाएका थिए । प्रजिअ भीमराज पोख्रेलले छात्र खेलाडी र अध्यक्ष शेरचनले छात्रा खेलाडीलाई बल हस्तान्तरण गरेर उद्घाटन खेल संञ्चालन गरिएको थियो ।प्रतियोगिताको पहिलो उद्घाटन खेलमा जनआदर्श मा.वि. कोवाङलाई ३—१ को सेटमा हराउदै ज्ञानोदय मा.वि. लेतेले एक अंङ्क प्राप्त गरेको छ ।प्रतियोगिता शनिवार सम्म रहने सचिव सुमन थकालीले जानकारी दिए । प्रतियोगितामा जनहित उच्च मा.वि.जोमसोम ,धौलागिरी आवासिय मा.वि.,जोमसोम जनबाल मा.वि. मार्फा,योगेन्द्र उच्च मा.वि टुकुचे,जनआदर्श मा.वि.कोवाङ,ज्ञानोदय मा.वि. लेते र जनशान्ति मा.वि. कागबेनी गरी ७ टिम सहभागी छन् ।कार्यक्रममा प्रहरी नायब उपरिक्षक हरिहरनाथ योगी ,शसस्त्र प्रहरी नायब उपरिक्षक  देवराज जोशी,पत्रकार,बिभिन्न आमा समुहको टोली,धौलागिरी युवा क्लवका प्रतिनिधि,अन्नपूर्ण संरक्षण क्षेत्रका प्रतिनिधिहरुको उपस्थिती रहेको थिया ।जिल्ला खेलकुद समन्वय समितिका अध्यक्ष भुपिन शेरचनको अध्यक्षता भएको उद्घाटन समारोहमा स्वागत प्र.अ. टिकाराम शर्माले स्वागत  र संञ्चालन गिरीसिंह शेरचनले गरेका थिए ।

सुन्दर कुमार थकाली