१७ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी (फोटोफिचर)

  • १५ मंसिर २०७५, शनिबार
  • धिरन खत्री
  • 2091 पटक पढिएको


म्याग्दी, १५ मंसिर । म्याग्दी जेसिज आयोजनामा भएको १७ औँ अन्तर मावि जिल्ला स्तरीय हुवावे जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा प्रतिद्धन्दी केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध ४ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले उपाधी जितेको हो ।

 


वेष्ट प्वाईन्टका मनिष श्रेष्ठले दुई, अनिश केसी र लिलान गर्वुजाले १/ १ गोल गर्दै विद्यालयलाई उपाधी जित्याएका थिए । प्रतियोगितामा बिजेता वेष्ट प्वाइन्टलाई नगद रु ४० हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा उप–बिजेता केवी एकेडेमी दरवाङले नगद रु २५ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।


त्यस्तै प्रतियोगितामा अनुशासित टिम महेन्द्ररत्न मावि वरङ्जा ५ हजार ५ ०० रुपैया र ट्रफि र प्रमाणपत्रले सम्मान गरेका थियो । प्रतियोगिता अबधिभर ७ गोल गर्दै सर्वाधिक गोलकर्ता र उतकृष्ट स्टाईकर वेष्ट प्वाइन्टका मनिष श्रेष्ठ उत्कृष्ट गोलरक्षक वेष्ट प्वाइन्टका सज्जन बराईली, उतकृष्ट प्लेयर केवी एकेडेमीका नारायणप्रकाश पुन, राईजिङ प्लेयर केवीका ओमकार पुन, उतकृष्ट डिफेन्डर केवीका भविन पुन तथा उत्कृष्ट कोचमा वेष्ट प्वाइन्टका दिपेन राई लगायतलाई जनही नगद रु १५ सयको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।


कार्यक्रममा प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापा, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, शाखा अध्यक्ष कमल विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्मा जेसिजका पुर्व अध्यक्ष लगायतले बिजेता र उप–बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा विजेता वेष्ट प्वाइन्टले गत बर्षको उपाधी पनि जितेको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l