दिवंगत छोरीको स्मृतीमा बालगृहलाई सहयोग

  • २५ चैत्र २०७३, शुक्रबार
  • 3705 पटक पढिएको

म्याग्दी २५ चैत । पर्वतको जलजला गाउँपालीका ४ मल्लाजका एक दम्पत्तीले दिवंगत छोरी पुजा खत्रीको  स्मृतीमा  बेनीमा रहेका म्याग्दी बालगृहलाई खाद्यान्न र आर्थिक सहयोग गर्नुभएको छ ।

मल्लाजका रामबहादुर र सिता खत्री आचार्यले नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहलाई शुक्रबार दश हजार रुपैया बराबरको खाद्यान्न र नगद आठ हजार ५०१ रुपैया सहयोग गर्नुभएको हो । दिवंगत छोरी पुजा खत्रीको ४५ औ पुण्य तिथी पारेर बालगृहलाई सहयोग गर्नुभएको हो ।

हरिकृष्ण आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा आचार्य दम्पत्तीले बाल संगठनका सभापति नेत्रबहादुर महत, कार्यसमितिका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, एकेन्द्रबहादुर रावल, तुलसीलता श्रेष्ठ लगायतलाई सामाग्री तथा नगद हस्तान्तरण गर्नुभएको थियो । बालगृहमा ११ जना अनाथ बालबालीका आश्रीत छन् ।