भगवतीमा सामुदायिक कम्प्युटर ल्याव तथा ई–पुस्तकालयको लागी आर्थिक संकलन अभियान सुरु

  • २५ चैत्र २०७३, शुक्रबार
  • धिरन खत्री
  • 3713 पटक पढिएको

म्याग्दी,२५ चैत । म्याग्दीको  रघुगंगा गाउपालिका २, राखुभगवतीमा श्री देउराली सामुदायिक कम्प्युटर ल्याव तथा ई–पुस्तकालय स्थापनका लागी  आर्थिक संकलन सुरु भएको छ । उक्त अभियान गाउँ विकासका लागी युवा अभियान समितीले ई–पुस्तकालय स्थापना लागि देश–विदेशमा रहेका  भगवती बासिबाट  आर्थिक संकलन सुरु गरेका हुन् ।


हाल जापानमा रहेका सागर भण्डारीले आफ्नो जन्मभुमि स्वर्गको टुक्रा जस्तो भएको तर गाउँ विकासको पुर्वाधार मानिने शिक्षा क्षेत्रको अवस्था अतिनै नाजुक रहेकाले शिक्षा क्षेत्रमा आधुनिक  प्रविधी प्रयोग गरि अध्यापन गराई शिक्षाको गुणस्तर बढाउन सकिन्छ । शिक्षाक्षेत्र सुधार भयो भने अन्य क्षेत्र पनि सजिलै विकास गर्न सकिन्छ भनि फेसबुक बाट अभियान चलाएका थिए । ४ महिनाको फेसबुकमा लामो बहस तथा अन्र्तक्रिया भएको थियो ।
दक्ष मानव पुजी नै गाउँ र देश विकासको आधार हुन् । अव गाउँ देशलाई आवश्यक हुने युग सुहाउदो दक्ष जनशक्ति स्थानीय तहमै उत्पादनका लागी शिक्षा प्रणालीलाई आधुनिक वनाई प्रविधीमैत्री बातावरणमा शिक्षा प्रदान गर्नुपर्छ भन्ने उद्देश्यका साथ दिउसोमा श्री देउराली प्राथामिक .विद्यालयले कम्प्युटर कक्षा संचालन गर्ने र बिहान बेलुकी समुदायका अन्य मावि अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई स–शुल्कमा कम्प्युटर शिक्षा प्रदान गर्नुका साथै पुस्तकालय तथा ई–पुस्तकालयको स्थापना गर्नका लागी सहयोग संकलन गरिएको गाउँ रुपान्तरणका लागी युवा अभियानका संचार संयोजक सागर भण्डारीले बताउनुभयो ।
मिती २०७३–११–१६ देखि १८ गते सम्म सम्पन्न भएको नेत्तृत्व विकास तथा व्यवसाहिक योजनाका तर्जुमाका लागी सकरात्मक सोच तालिम पछि गाउँ रुपान्तरणका लागी युवा अभियान समिती बनेको थियो । त्यो समितीको पहिले बैठकले गाउँमा सामुदायिक कम्प्युटर ल्याव तथा ई–पुस्तकालय स्थापना गर्नका लागी आर्थिक संकलन गर्ने निर्णय भएको थियो । साथै गाउँको श्री देउराली प्रा.विमा ईङ्लिस शिक्षक राख्नका लागी रु १० लाखको अक्षकोष स्थापना गर्ने  निर्णय भएको थियो । यस योजनाका लागी भगवती गाविसमा रहेको खल्चु देउराली सामुदायिक बनले रु १ लाख अक्षयकोषलाई दिने निर्णय गरिसकेको छ ।
श्री देउराली सामुदायिक कम्प्युटर ल्याव तथा ई–पुस्तकालय स्थापनका लागी हालसम्म जम्मा रु २ लाख ४१ हजार संकलन भएको छ । अभियानलाई सफल बनाउन राखुका सतिस भण्डारी रु ३० हजार पदम बहादुर भण्डारी रु २५हजार, अस्विन भण्डारी रु २५हजार, सान्त भण्डारी रु २० हजार, प्रकाश कार्की रु २०ह हजार, रामकृष्ण भण्डारी रु २०हजार, आदर्श भण्डारी रु २० हजार, सपन भण्डारी रु २०हजार, दिर्ग बहादुर भण्डारी १ सेट कम्प्युटर र रु १५ हजार, जुद्ध बहादुर परियार रु १० हजार, प्रेम भण्डारी रु १० हजार, निरोज भण्डारी रु ७ हजार, नन्दु खत्री रु ५ हजार, गोकुल भण्डारी रु ५ हजार, राजु भण्डारी रु ५ हजार, र राजन भण्डारी रु ४ हजार रुपैया सहयोग हजार रुपैया सहयोग प्राप्त भएकोे आर्थिक संयोजक गोविन्द भण्डारीले बताउनुभयो ।
स्थापना हुन लागेको श्री देउराली सामुदायीक कम्प्युटर ल्याव तथा ई–पुस्तकालयको संचालन नयाँ बर्ष २०७४ को सुरुवातसगै हुनेछ । साथै १ बर्ष भित्र सुविधा सम्पन्न ई–पुस्तकालय सहित करिव ४,००० पुस्तकसहितको पुस्तकालय संचालन गर्ने योजना रहेको संचार संयोजक सागर भण्डारीले जनाए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l