मुक्तिनाथमा बेवारीसे शव भेटियो
- ९ मंसिर २०७५, आईतवार
- 1899 पटक पढिएको
बेनी ९ मङसिर । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथको पुराङमा आइतबार एक पुरुषको बेवारीसे शव भेटिएको छ ।
पुराङ गाउँ नजिकै पर्ने छंगुर खोलाको किनारमा अन्दाजी २८÷३० वर्ष उमेरको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । गहुँगोरो वर्ण, मझौला कद, छोटो कपाल, अन्दाजी पाँच फिट पाँच इञ्च अग्लो, निलो हुड, निलो जिन्स पाइन्ट र हरियो जुत्ता लगाएको युवकको पहिचान हुन सकेको छैन् ।
स्थानीयबासीले जानकारी गराएपछि पुराङ पुगेको प्रहरी टोलीले ल्याएको शव जोमसोम स्थित जिल्ला अस्पतालमा राखिएको छ ।