खबरामा वाईसीएल गठन

  • २४ चैत्र २०७३, बिहीबार
  • 2651 पटक पढिएको

म्याग्दी, २४ चैत । बेनी नगरपालीका २ खबरामा बिहीबार नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलको गाउँ कमिटी गठन भएको छ ।

बेलबहादुर कुँवरको अध्यक्षतामा गठीत १३ सदस्यीय कमिटिको उपाध्यक्षमा धनबहादुर जिसी, सचिवमा जगन सापकोटा, सहसचिवमा टेकबहादुर जिसी र कोषाध्यक्षमा राममाया नेपाली रहनुभएको छ ।

माओवादी केन्द्रका नेता रामु कार्की र वाईसीएलका जिल्ला सचिव सन्दिप खत्री (प्रवीन)को उपस्थितीमा भेला सम्पन्न भएको थियो ।