पुलाचौरमा माओवादी केन्द्रको वडा कमिटी गठन

  • २३ चैत्र २०७३, बुधबार
  • 3637 पटक पढिएको

म्याग्दी,२३ चैत । बेनी नगरपालीका ५ पुलाचौरमा बुधबार नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट सागर पौडेलको अध्यक्षतामा खड्ग दर्जी र रामु विश्वकर्मा उपाध्यक्ष, भरत भण्डारी सचिव, हिरा परियार कोषाध्यक्ष र राजकुमारी परियार सहसचिव रहनुभएको २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटी निर्वाचित भएको छ ।

कमिटीको सदस्यहरुमा गोविन्द नेपाली, मिन परियार, मुरारी पौडेल, मनबिर परियार, थमन परियार, उजेली नेपाली, नगेन्द्र भण्डारी, कुलबिर नेपाली, नरबहादुर परियार, गोपाल बिक, राममाया नेपाली, रितु नेपाली, चरी दर्जी, मुनाल परियार र सुनमाया नेपाली रहनुभएको छ ।
सोही अवसरमा सुनमाया नेपालीको अध्यक्षतामा कल्पना परियार उपाध्यक्ष, अञ्जु परियार सचिव, माया परियार सहसचिव र दुर्गा परियार कोषाध्यक्ष रहनुभएको २१ सदस्यीय अनेमसंघ क्रान्तिकारी र मुनाल परियारको संयोजकत्वमा वाईसीएलको २७ सदस्यीय वडा कमिटी गठन भएको छ ।


सम्मेलनमा नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले माओवादीले उठाएको गणतन्त्र, संघियता, समावेशी व्यवस्थाले सिंहदरवारको अधिकार, सेवा र सुबिधा गाउँमा आएकोले त्यसलाई संस्थागत गर्न आगामी निर्वाचनमा माओवादीलाई जित्नुपर्ने बताउनुभयो ।

केन्द्रिय सम्मेलन आयोजक कमिटिका सदस्य देवराज सुवेदी र शेरबहादुर केसीले माओवादी नेतृत्वको वर्तमान सरकारले लोडसेडीङको अन्त्य गर्ने देखि म्याग्दीको विकासका लागि ठूलो मात्रामा बजेट भित्र्याउन सहयोग गरेकाले जनताले साथ दिनुपर्ने बताउनुभयो ।

सागर पौडेलको अध्यक्षता, खड्ग नेपालीको स्वागत र मुनाल परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा वाईसीएलका जिल्ला अध्यक्ष भोजबहादुर थापा (कुमार), अखिल क्रान्तिकारीका केन्द्रिय सचिव कुशल पौडेल, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष ज्योती लामीछाने, युवा नेताहरु अणबहादुर खड्का (भगवान), नगेन्द्र केसी र रुकबिर जुक्जालीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।