दरबाङमा अनेमसंघको गाउँपालिकास्तरीय भेला

  • २३ चैत्र २०७३, बुधबार
  • 1791 पटक पढिएको

म्याग्दी,२३ चैत । अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा सोमबार पश्चिम म्याग्दीको दरबाङमा मालिका गाउँपालिकास्तरीय अगुवा महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सांसद नरदेवी पुन र यशोदा रोकाले स्थानीय निर्वाचन, संविधानमा उल्लेख महिला अधिकार र पार्टीको धारणालगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
सोही कार्यक्रमको अवसरमा घनदेवी घर्तीको संयोजकत्वमा ६७ सदस्यीय अनेमसंघ मालिका गाउँपालिकास्तरीय चुनाब प्रचारप्रसार समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा गौमती चापागाईं, सचिवमा सीता गौतम, सहसचिवमा सन्ध्या जुग्जाली र कोषाध्यक्षमा जालमाया विक रहेका छन् ।
यसैगरी मालिका गाउँपालिका–१ निस्कोटमा चनमाया घर्तीमगरको संयोजकत्वमा १३ सदस्यीय अनेमसंघको चुनाव प्रचारप्रसार समिति गठन गरिएको बताइएको छ । त्यस्तै मालिका गाउँपालिकाको ओखरबोटमा विना घर्तीको संयोजकत्वमा १७ सदस्यीय, दरबाङमा गौमती चापागाईंको संयोजकत्वमा १५ सदस्यीय र बिममा दलमति गर्बुजाको संयोजकत्वमा २१ सदस्यीय अनेमसंघको चुनाव प्रचारप्रसार समिति गठन गरिएको अनेमसंघले जनाएको छ ।
नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य मोतीराज गौतमले सम्बोधन गरेको कार्यक्रम अनेमसंघका जिल्ला सदस्य खरमाया बिटालुको सञ्चालन र इलाका–८ का अध्यक्ष गौमती चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।