राम्चेको आलुखेती असीनाले नष्ट

  • २३ चैत्र २०७३, बुधबार
  • 2553 पटक पढिएको

म्याग्दी, २३चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा मंगलबार दिउँसो परेको असिनाले आलु खेतीमा क्षत्ती पु¥याएको छ ।

असिनाले थिरेर हुर्कदै गरेका आलुको बिरुवा नष्ट भएपछि कृषकहरु चिन्तीत भएका छन् । राम्चेका बासिन्दाको मुख्य आयस्रोत आलु खेती हो । असिनाले १२० घरधुरी कृषकले बारीमा लगाएको आलु खेतीमा क्षत्ती गरेको राम्चेका कृषक राजु पुनले बताए ।

हुर्कदै गरेको बोट असिनाले नष्ट गरेपछि दाना लाग्न पाउदैन् । राम्चेका साथै नांगी, थावन, काफलडाँडा क्षेत्रमा विगत दिनमा दैनिकजसो असिना परेको छ । यसअघिको सामान्य असिना परेपछि मंगलबारको असिनाले क्षत्ती पु¥याएको कृषक पुनले बताए ।

फागुन अन्तिम साता परेको बैमौसमी हिमपातको चिसोले आलुका बिरुवा ओइलीएका थिए । मौसम बदलीभएसंगै सर्सीएका आलुका बोट असिनाले थिलो थिलो बनाएको छ । आलु संगै मकैका बिरुवालाई समेत असिनाले क्षत्ती गरेको छ ।

राम्चे आलु खेती मुख्य आम्दानी स्रोत हो । बेमौसमी हिमपात र असिनाका कारण यस वर्ष आलु उत्पादन घट्ने कृषकहरुको अनुमान छ ।