बिस वटा सडकलाई चार करोड सत्तरी लाख बजेट प्राप्त

  • २३ चैत्र २०७३, बुधबार
  • सन्तोष गौतम
  • 3247 पटक पढिएको

बेनी २३चैत । म्याग्दीका बिस वटा ग्रामिण सडक योजनाका लागि चार करोड सत्तरी लाख रुपैया थप बजेट प्राप्त भएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भएको सडक योजना कार्यान्वयन प्रक्रिया अघि बढाउन जिल्ला समन्वय समितिलाई अख्तियारी दिएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन र सम्झौताको लागि प्रक्रिया अघि बढेको समितिका योजना शाखाका खरिदार चन्द्रदत्त शर्माले बताउनुभयो ।

ताकम–मुना–मुदी सडकलाई चालीस लाख, सिमलचौर नेवारेखोला मिठौला पूर्णगाउँ, नारच्याङ बेशी–लेकगाउँ र बेगखोला भगवती मैदान सडकलाई ३५३५ लाख, अर्मन–किमचौर–नेटा, बेनी–बरञ्जा, बेनी–डल्लेपिपल–राउवडा–काउलेगौडा–पात्लेखेत र ताराखेत–सल्यान–भरजुला–हिदी–दुखु–दिच्याम सडक योजनालाई तिसतिस लाख रुपैया बजेट प्राप्त भएको छ ।
दरवाङ–अदिभारा–रुम, दरवाङ–निस्कोट–रुम र बाबियाचौर–सिमलचौर–खुम्ल्याह–भरजुला–हिदी सडकलाई २५२५ लाख रुपैया थप बजेट प्राप्त भएको जिल्ला समन्वय समितिले जनाएको छ । देविस्थान–सिस्नेरी–बागलुङ र महभिर–दोसल्ले–रिमा–टिकोट–घराम्दी सडकलाई बिसबिस लाख, छिस्वाङ–खोप्टी–निस्कोट, भिरकाटे–दोवा, देविस्थान–जुक्जा–ताकम र फुलबारी–अदिभारा–ओखरबोट सडकलाई १५१५ लाख तथा राखु पिप्ले–रानीपौवा–रिसीनचौतारी–बेगखोला सडकलाई दश लाख रुपैया बजेट प्राप्त भएको छ ।

यस्तै नारच्याङ–लेकगाउँ, तातोपानी–मान्द्रेढुङ्गा, शिवरात्रीखोला–बगर र बेनी–ठूलोगैरा–भकुण्डे सडकका लागि पाँचपाँच लाख रुपैया बजेट थपिएको छ । यसअघिको बजेटले गरेको भन्दा फरक ठाउँमा काम गर्नुपर्ने जिल्ला समन्वय समितिले जनाएको छ । सडक ग्राभेल, ट्याक खोल्ने, स्तरवृद्धी गर्ने लगायतका काममा बजेट परिचालन हुनेछ् ।यसैगरी युवा तथा खेलकुद मन्त्रालयले जिविस मार्फत सञ्चालन हुनेगरी ७ वटा खेलमैदान निर्माणका लागि २७ लाख रुपैया बजेट पठाएको छ ।

नारच्याङको क्रान्ति प्राबि, भगवतीको चौतारी युवा कल्व, कुहुँको देउराली युवा कल्व, धारापानीको खेलमैदानलाई तिनतिन र पिप्लेको सन्तोष युवा कल्व, राम्चे काफलडाँडाको कर्पाकेली खेलमैदान र हिस्तानको टिकोट माविमा खेलमैदान निर्माणका लागि पाँचपाँच लाख रुपैया बजेट आएको छ ।

सन्तोष गौतम