मालीकामा काँग्रेसले रोकाद्धयलाई उमेद्वार बनाउने

  • २२ चैत्र २०७३, मंगलवार
  • सन्तोष गौतम
  • 2897 पटक पढिएको

म्याग्दी २२ चैत  नेपाली काँग्रेसको मालीका गाउँपालीका स्तरीय कार्यकर्ता भेलाले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षको उमेद्वार छनौट गरेको छ ।


दरवाङ दुखुका नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष श्रीप्रसाद रोकालाई गाउँपालीकाको अध्यक्ष र रुमकी नेपाल महिला संघकी नेता बिमला रोकालाई उपाध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय भएको नेपाली काँग्रेस म्याग्दीका कार्यालय सचिव बिशाल खत्रीले जानकारी दिनुभयो ।

बिम, दरवाङ, देविस्थान, रुम, ओखरबोट र निस्कोट गाविस समावेश गरीएको मालीका गाउँपालीकामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले पनि उमेद्वाट छनौट प्रक्रिया सुरु गरेका छन् ।

एमालेका मोतीराज गौतम, बेगप्रसाद गर्बुजा, कर्ण रोका, माओवादी केन्द्रमा कमल केसी, गोविन सिउथानी, सरस्वती पुन र लालमाया पाईजा उमेद्वार बन्ने चर्चा छ भने राप्रपाले चक्रपाणी कडेललाई अध्यक्षको उमेद्वार बनाउने तयारी गरेको छ ।

साविक रुम गाविसको १ देखि ६ नम्बर लाई एउटा र ७ देखि ९ नम्बरलाई अर्को वडा कायम भएको छ । ७ वटा वडा र ३८९ वर्गकिलोमिटर क्षेत्रफल भएको मालीका गाउँपालीकामा १९ हजार ४५८ जनसंख्याको बसोबास छ । मालीका गाउँपालीकाको २ र ३ नम्बर वडामा पर्ने रुम जिल्लामै धेरै मतदाता रहेका छन् ।

सन्तोष गौतम