मुस्ताङमा पर्यटकको घुइँचो

  • ७ कार्तिक २०७५, बुधबार
  • 2436 पटक पढिएको


बेनी, ७ कात्तिक । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा दशै– तिहारको विचमा पर्यटकको ओइरो बढेको छ । पर्यटकको आवागमन बढेपछि मुस्ताङ घुम्ने पर्यटकले म्याग्दीको सदरमुकाम बेनी र बेनी– जोमसोम अन्तरर्गत तातोपानी, घासाँ र जोमसोमसम्मका होटल तथा लज भरिभराउ भएका छन् ।
बेनीका ५० भन्दा बढी होटल र मुस्ताङका २ सय ८० वटा होटल तथा लजमध्ये अधिकांश होटल हरेक रात भरिभराउ छन् । पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडक मार्ग भएर दैनिक २ हजार पाचँ सय भन्दा बढी पर्यटक मुस्ताङ भित्रीएको तथ्यांक जिल्ला प्रहरी कार्यालय मस्ताङका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।
असोज–कात्तिक र फागुन–चैत–बैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ । आन्तरिक पर्यटक पोखरादेखि हवाईमाग, गाडी तथा मोटरसाईकलबाट पर्यटक मुस्ताङ भित्रिएका छन् ।
सडक, यातायातको सुविधा, छुट्टी र अनुकुल मौसमका कारण स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढको छ । माटोको सहर, हिमालको दृष्य, प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ,स्याउ बारी, ठीनी, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोट अवलोकनका लागि मुस्ताङ प्रसिद्ध मानिन्छ । पछिल्लो समय युवायुवतीको मुख्य गन्तव्य मुस्ताङ बनेको छ । आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको अनुमान स्थानीय व्यवसायीको छ ।
मुस्ताङ र म्याग्दी घुम्न आउने पर्यटकलाई लक्षित गरेर बेनीमा पर्यटकहरुको लागि खान र बस्नको अभावन हुन नदिन होटलहरुविच समन्वय गरेर भित्रिएका पर्यटकलाई खान बस्नको सुविधा मिलाएको होटल ब्यवसायि समिति म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले बताए ।