डिलफाँट–मल्लाज पदमार्गको उद्घाटन

  • ३० आश्विन २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 1800 पटक पढिएको

मल्लाज ३० असोज । जलजला गाउँपालिका ३ मल्लाजको डिलफाँट देखि कोतघर जोड्ने पदमार्ग निर्माण भएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोग र मल्लाजका बासिन्दाको श्रमदान गरि कुल नौ लाख नौ हजार ७५१ रुपैयाँको लागतमा ३०० मिटर पक्की पदमार्ग निर्माण भएको हो । ढलान गरिएको पदमार्ग एक मिटर ६० सेन्टिमिटर फराकीलो रहेको निर्माण समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताए ।

विकास नेपाल बेल्जियमको छ लाख ३३ हजार रुपैयाँ सहयोग र स्थानीयबासीको दुई लाख ७६ हजार ७५१ रुयैयाँ बराबरको श्रमदानमा निर्माण भएको पदमार्ग संस्थाकी अध्यक्ष मौरीक्सले सोमबार उद्घाटन गरेका थिए । यसअघि सो संस्थाको ५९ लाख ८६ हजार ३५२ रुपैया सहयोग र स्थानीयबासीको १७ लाख ३२ हजार ७७७ रुपैयाको लागतमा यसअघि बेनीको कालीपुल देखि डिलफाँटसम्म एक हजार ३१५ मिटर सिढी र रेलीङ सहितको पदमार्ग निर्माण भएको थियो ।

यसअघि साविक गाविस र वडा कार्यालयको सहयोगमा डिलफाटदेखि कोतघरतर्फ निर्माण भएको तीन सय मिटर पदमार्गलाई विस्तार गरेर यसवर्ष कोतघरसम्म पु¥याइएको हो । पदमार्ग उद्घाटन कार्यक्रममा आएका विकास नेपाल बेल्जीयमका पदाधीकारीहरुलाई मल्लाजका बासिन्दाले बाजागाजा सहित स्वागत गरेका थिए । अध्यक्ष मौरीक्सले पदमार्गले स्थानीयबासीलाई पुगेको सुबिधाबाट उत्साहीत भएको बताएका थिए ।

सन्तोष गौतम