बालमन्दिर विद्यालयमा विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परिक्षण

  • २१ चैत्र २०७३, सोमबार
  • धिरन खत्री
  • 2299 पटक पढिएको

म्याग्दी,२१ चैत । बेनी नगरपालिका ८ मा रहेको बालमन्दिर प्राथमिक विद्यालयमन सोमाबार विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।


बालमन्दिर प्राथमिक विद्यालयको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको हो ।


कार्यक्रममा स्वास्थ्य परिक्षणसंगैे प्राथमिक उपचारको ब्यवस्थापन सम्वन्धी जानकारी दिएको थियो । विद्याालयमा अध्ययनरत १३४ विद्याथीलाई  जिल्ला अस्पतालका ऐल्थ एशिसटेन्ट शम्भु पाण्डे, अएव राधिका थापा  र टिका श्रीषले विद्यार्थीको स्वास्थ्य परिक्षण  गरि औषधी उपलब्ध गराईएको थियो ।

उक्त कार्यक्रममा स्वास्थ्य कर्मचारीको टोलीले  विद्यार्थीलाई  दैनिक रुपमा आउने सामान्य समस्याहरुलाई विद्यालय र घरमा उपचार गर्ने उपायहरुबारे जानकारी प्रदान गरिएको थियो ।


कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सल्लाकार मनबहादुर चर्मकार र बेनी नगरपालिका ८ की बडा नागरिक मञ्चकी संयोजक भुनुमाया तिलिजाले  विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य अवस्था परिक्षण गरि बौद्धिक क्षमता सवल सक्षम बनाउन यस्तो कार्यक्रमले सहयोग पु¥याउनमा जोड दिए । कार्यक्रमलाई विद्यालयका प्र.अ सुरेन्द्र केसीले सहजीकरण गर्नुभएको थियो ।

शिविर संचालन गर्न बेनी नगरपालिकाको रु ४० हजार आर्थिक सहयोगमा विद्यालयमा प्राथमिक उपचार सम्वन्धी निशुल्क परिक्षण तथा औषधी उपलब्ध गराएको प्रअ केसीले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l