अन्नपूर्ण गाउँपालिका–६ घारको अध्यक्षमा काँग्रेसको तर्फबाट बरुवाल

  • १९ चैत्र २०७३, शनिबार
  • 4318 पटक पढिएको

म्याग्दी, १९ चैत । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–६ घारमा काँग्रेसको तर्फबाट कृष्णप्रसाद बरुवाल अध्यक्ष पदको उमेदवार हुने भएका छन् । शनिवार घारमा भएको काँग्रेसको भेलाले सर्वसम्मत रुपमा गाउँपालिकाको वडा नम्बर ६ घारमा काँग्रेसको तर्फबाट बरुवाललाई  अध्यक्ष पदको उमेदवार बनाउने निर्णय गरेको हो ।


नेपाली काँग्रेस म्याग्दीको जिल्ला सदस्य समेत रहेका बरुवाल तरुण दल म्याग्दीको पूर्व अध्यक्ष समेत हुन् । बेनीमा होटल व्यवसायी समेत रहेका बरुवाल समाजसेवाको क्षेत्रमा समेत सक्रिय छन् । उहाँले आगामी निर्बाचनमा वडा अध्यक्ष पदमा आफुलाई बिजयी गराउन आह्वान समेत गर्नुभएको छ ।

काँग्रेसका नेता रामबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सुजन बरुवाल, रबि बरुवाल, लिला खड्का, बिमला बरुवाल लगायतले मन्तव्य राख्नुभएको थियो । मनबहादुर पुनले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन ठकराज बरुवालले गर्नुभएको थियो । सोही अबसरमा सिता बरुवालको अध्यक्षतामा ४१ सदस्यीय नेपाल महिला संघ घार वडा समिती समेत चयन गरिएको छ ।