लुलाङमा वाईसिएलको संगठन विस्तार

  • १९ चैत्र २०७३, शनिबार
  • 2477 पटक पढिएको

म्याग्दी, १९ चैत । नेकपा माओवादी केन्द्र निकट वाईसिएल म्याग्दीले धौलागिरी गाउँपालिका–२ लुलाङमा वाईसिएल गठन गरेको छ । बलबहादुर रसाईलीको अध्यक्षतामा ११ सदस्यीय वाईसिएलको वडा कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा टेकप्रसाद विक, सचिब होममायाँ विक, कोषाध्यक्षमा राजन कुमाई, सहसचिबमा धने विक रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा उत्तम रसाईली, बलबहादुर विक, विर्खलाल विक, अतिसरा विक, गौमायाँ विक, बमसरा विक लगायत रहनुभएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा धौलागिरी गाउँपालिका इञ्चार्ज देवराज सुवेदी, अखिल क्रान्तिकारीका उपत्यका इन्चार्ज अर्जुन थापा, वाईसिएल जिल्ला उपाध्यक्ष सबिन रोका, माओवादी केन्द्रका जिल्ला सदस्य किरण थापा, राकेश थापा लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।