नेपाल शिक्षक संघ मालिका गाउँपालिकामा रेग्मी

  • १९ चैत्र २०७३, शनिबार
  • 2385 पटक पढिएको

म्याग्दी, १९ चैत । नेपाल शिक्षक संघ मालिका गाउपालिकाको प्रथम प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले गोपाल प्रसाद रेग्मीको अध्यक्षतामा २५ सदस्यीय गाउपालिका कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्षमा पोष्टबहादुर विश्वकर्मा, महिला उपाध्यक्षमा गंगा घर्ती, सचिबमा विमल शर्मा, अर्थसचिबमा गिरमान पुन, सहसचिबमा बुद्धिबहादुर पुन, अर्थ सहसचिबमा दिपेन्द्र जिसी, महिला अर्थसहसचिबमा लक्ष्मी पौडेल सुवेदी, महिला सहसचिबमा पिपला पुन रसमावेशी सहसचिबमा भीमकुमारी रोका रहेका छन् ।

त्यस्तै सदस्यहरुमाललिलाबहादुर सुनार, शर्मिला पुन, ज्ञानु पुन, देवीसा पुन, रेशमबहादुर नेपाली, ज्ञानबहादुर सिउथानी, ललित पुन, नन्दबहादुर घर्ती, रुमदेवी घर्ती, गोकुल घर्ती, रुकमायाँ घर्ती, ज्ञानी पुन र  बालकृष्ण सुवेदी रहेको नेपाल शिक्षक संघले जनाएको छ ।

संघका जिल्ला अध्यक्ष दुर्गाराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सदस्य एवँ मालिका गाउँपालिकाका चुनावी अभियानका संयोजक रेक बहादुर पुनले लोकतन्त्रको संस्थागत विकासमा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा साविक दरबाङ गाउँ कार्य समितिका अध्यक्ष शिवनारायण फगामी, दरबाङ प्राथामिक स्वास्थ्य केन्द्रका अध्यक्ष हिरा पुन, शिक्षक संघका विशिष्ट सदस्य दीपक श्रेष्ठ, जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। संघका जिल्ला उपाध्यक्ष नगेन्द्र खत्रीले स्वागत गरेको कार्यक्रममा  जिल्ला सहसचिब रामचन्द्र पौडेलले गरेका थिए ।