बेलि ब्रिज जोखिममा

  • ११ आश्विन २०७५, बिहीबार
  • 2175 पटक पढिएको

मुस्ताङ १० असोज । बेनी–जोमसोम सडक अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका ३ स्थित लेतेखोलाको बेलि ब्रिज जोखिममा परेको छ ।

लेते खोलामा आएको बाढीले पुलको पिल्लर संरक्षणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि जोखिममा परेको हो । लेतेतर्फको पिल्लरको छेउको पर्खाल भत्किएपछि पुलबाट आवतजावत बन्द गरिएको छ ।

सवारी साधन सञ्चालनगर्दा दुर्घटनाको जोखिम हुने देखिएकाले बैकल्पिक सडक बनाएर खोलाबाट गाडी आवतजावत गर्ने ब्यवस्था मिलाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए ।