म्याग्दी जेसीजले चर्चित हाँस्यकलाकारहरुलाई बेनी ल्याउँदै

  • १८ चैत्र २०७३, शुक्रबार
  • 2499 पटक पढिएको

म्याग्दी, १८ चैत । चर्चित हाँस्यकलाकाहरु बेनीमा आउने भएका छन् । युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको आयोजनामा आगामी चैत २० गते आईतवार हुन लागेको गोल्डेन वोएक कमिडी यात्रा –२०७३ कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु बेनी आउने भएका हुन् । बेनी स्थित रुचि चलचित्र मन्दिरको हलमा हुने कार्यक्रममा तक्मे बुढा ( वेलसन बिक्रम राई), जितु नेपाल (मुन्द्रे) , सुरेन्द्र के.सी, ( मुलाको साग), शिव शंकर रिजाल (पान वाला), राजा (राजेन्द्र पोख्रेल) ,गायिका माण्डवी त्रिपाठी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् ।

जेसीजको संस्थागत विकासका निम्ती आयोजना गर्न लागिएको कार्यक्रमको तयारीलाई तिब्र पारिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिनुभयो । कार्यक्रमलाई सफल बनाउनका लागि शाखाका कोषाध्यक्ष सुमन श्रेष्ठ मुल संयोजक र कमल विश्वकर्मा सहसंयोजक रहेको समिति संगै विभिन्न उपसमिती मार्फत तयारीलाई तिब्र पारिएको छ ।

शाखाले कार्यक्रमलाई व्यवस्थित तवरले सम्पन्न गर्नका लागि कमल खत्रीको संयोजकत्वमा प्रचार प्रसार, अर्जुन पौडेलको संयोजकत्वमा मायाँको चिनो, निर्मल खत्रीको संयोजकत्वमा स्वयमसेवक परिचालन, सुजन बरुवालको संयोजकत्वमा अतिथी सत्कार, शैलेस श्रेष्ठको संयोजकत्वमा सिट व्यवस्थापन, बद्रि पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमितिहरु समेत गठन गरिन तयारीलाई तिब्रता दिईएको छ । कार्यक्रमलाई सफल बनाउन टिकट बिक्रिलाई तिब्रता दिईएको छ ।