प्राकृतिक प्रकोप व्यवस्थापन तालिम सम्पन्न

  • १८ चैत्र २०७३, शुक्रबार
  • 1995 पटक पढिएको

म्याग्दी, १८ चैत । जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार प्राकृतिक प्रकोप व्यवस्थापन तालिम सम्पन्न भएको छ । ‘‘प्राकृतिक प्रकोप बिगुल बजाएर आउँदैन, तसर्थ बेलैमा सचेत र सुरक्षित बनौ ’’ भन्ने नाराका साथ ३ दिनसम्म सञ्चालन भएको तालिममा जिल्लाको विभिन्न गाउँपालिका र बेनी नगरपालिकाका अन्र्तगत रहेका भूसंरक्षणसंग सम्बन्धित समुहका २४ जनाको सहभागिता रहेको थियो ।


तालिममा जिल्ला भू संरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारि यादव नाथ आचार्य, सहायक बन अधिकृत चन्द्रमणि सापकोटा, सब इन्जिनियार बिरेन्द्र कुमार महतोले सहजिकरण गर्नु भएको थियो । तालिमका कक्षागत सहजिकरण र फिल्ड मा प्रयोगात्मक अभ्यास समेत गराईएको थियो ।