बरंजामा पार्किङ गरि राखिएको जिपमा आगजनी

  • १८ चैत्र २०७३, शुक्रबार
  • 2573 पटक पढिएको

म्याग्दी, १८ चैत । म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा पार्किङ गरि राखिएको जिपमा आगजनी भएको छ । पश्चिम म्याग्दी यातायात सेवा प्रा.लि. अन्र्तगत सञ्चालित ध १ ज ६२८ नम्बरको जिपमा गयराती आगजनी भएको हो ।

बरंजाको साविकको गाविस भवन अगाडि राखिएको जिपमा लागलागी हुँदा करिब रु ३९ लाख बराबरको जिप पुरै जलेर नष्ट भएको पश्चिम म्याग्दी यातायात प्रा.लि.का अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, घटनस्थल नजीकै पेट्रोलको बोतल भेटिएकाले पेट्रोल खनाएर आगलागी भएको देखिएको छ । अघिल्ला दिनहरुमा जिप चलाउन अबरोध पु¥याउन खोज्नेहरुले आगलागी गरेको हुनसक्ने भएकाले उनीहरु विरुद्ध किटानी जाहेरी दिने उहाँले बताउनुभयो ।

यसैबिच घटनाको बास्तविकता बुझ्न ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी तातोपानीको टोलि घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।