क्याम्पस प्रमुख कार्यकक्ष तोडफोड गर्ने स्ववियु उपसभापतिलाई कारबाही गर्न सञ्चालक समितिको निर्देशन

प्राध्यापक–कर्मचारीद्धारा खेद प्रकट

  • १५ चैत्र २०७३, मंगलवार
  • 4401 पटक पढिएको

बेनी १५ चैत। म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख टिकारा सापकोटाको कार्यकक्षमा तोडफोड गर्ने स्ववियु उपसभापति इश्वर सुवेदीलाई कारबाही गर्न सञ्चालक समितिले निर्देशन दिएको छ ।


सोमबार सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले चैत १३ गते क्याम्पसमा भएको घटना दुखदायी भएको समिक्षा गर्दै कारबाही प्रक्रिया अघि बढाउन क्याम्पस प्रमुख सापकोटालाई निर्देशन दिईएको हो । क्याम्पस प्रमुख कार्यकक्षमा भएको तोडफोडको घटना प्रति क्याम्पसका प्राध्यापक–कर्मचारीले पनि भत्र्सना गर्दै खेद प्रकट गरेको छ ।


घटना लगत्तै क्याम्पसमै बसेको प्राध्यापक–कर्मचारीको आकस्मिक वैठकले यस्तो निर्णय गरेको हो । ‘तलबबृद्धिको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा आइतबार बिहान७ः१५ बजेको समयमा क्याम्पस प्रमुख आफ्नो कार्यकक्षमा प्रवेश गरिरहँदा वि.ए दोश्रो बर्षमा अध्ययनरत विद्यार्थी तथा स्व.वि.यु उपसभापति ईश्वर सुवेदीले पिछा गर्दै धक्याउँदै फोन नउठाईएको भन्दै टेबलुमा रहेको सामाग्री फाल्दै कार्यकक्षमा तोडफोड गरिएकोमा हामी क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुले उक्त घटना प्रति भत्र्सना गर्दछौँ’ वैठकको निर्णयमा उल्लेख गरिएको छ ।
क्याम्पस प्रमुख सापकोटाले सञ्चालक समिति र प्राध्यापक–कर्मचारी दुबैतर्फबाट कारबाही गर्ने अख्तियारी पाएको भन्दै नैतिकहिन स्ववियु उपसभापति सुवेदीलाई कारबाही प्रक्रिया अघि बढाउन लागिएको बताए । ‘हामीसँग क्याम्पसको विधान र विद्यार्थी आचारसंहित पनि छ’,उनले भने, ‘सोही अनुसार उनलाई कारबाही गर्नेछौँ ।’ उनले एक÷दुई दिनमै कारबाही गरिने बताए ।