पहिलो पटक पशु बिमाको दावी रकम भुक्तानी

  • १४ चैत्र २०७३, सोमबार
  • 2113 पटक पढिएको

बेनी १४ चैत । म्याग्दीका कृषकलाई सोमबार पहिलो पटक पशु बिमाको दावी रकम भुक्तानी गरिएको छ । बेनी नगरपालीका ४ बास्कुनाका कृषक तिलक गुरुङलाई प्रभु ईन्सुरेन्स कम्पनीले बिमा दावी वापतको १३ हजार ५०० रुपैया उपलब्ध गराएको हो । गुरुङले सरकारले दिने छुट सुबिधा बाहेक पाँच हजार १८७ रुपैया तिरेर १३ वटा गाई, भैसी र बाख्राको बिमा गर्नुभएको थियो ।

बिमा गरेको गाइको कोरली मरेपछी सोको बिमा दावी रकम उपलब्ध गराइएको प्रभु ईन्सुरेन्स कम्पनीको बेनी शाखाका प्रबन्धक जुजुमान श्रेष्ठले बताउनुभयो । जिल्ला पशु सेवा कार्यालयका पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मी, प्रबन्ध श्रेष्ठ, ग्रिन डेभलवमेन्ट बैङ्कका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र नेशनल लाईफ ईन्सुरेन्स कम्पनीका शाखा प्रबन्धक प्रकाश त्रिपाठीले चेक हस्तान्तरण गर्नुभएको थियो ।

बाली र पशु बिमा गर्दा क्षत्ती हुदाँ बिमा गरे बराबरको रकम पाईने, आर्थिक सुरक्षा र व्यवसायलाई निरन्तरता दिन सकिने कृषक गुरुङले बताउनुभयो । सो कम्पनी मार्फत हालसम्म म्याग्दीका कृषकहरुले तीन लाख ८ हजार २१२ रुपैया प्रिमीयम तिरेर बाली तथा पशु बिमा गराएका छन् ।

बाली तथा पशु बिम ागर्नका लागि कृषकले प्रिमीयम शूल्कमा पचहत्तर प्रतिशत छुटको सुबिधा दिने गरेको छ । पछिल्लो समय म्याग्दीका कृषकहरुको बाली तथा पशु बिमाप्रती चासो बढेको छ ।