महोत्सवको चौथोदिन एकल गायनको टप फाईप छनोेट सम्पन्न (फोटोफिचर)

  • १३ चैत्र २०७३, आईतवार
  • धिरन खत्री
  • 3559 पटक पढिएको

म्याग्दी,१३ चैत । बेनीमा संचालित प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा आइतबार टपटेनका परेका एकल गायन प्रतियोगिता प्रस्तुती सम्पन्न भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान  धौलागिरि अञ्चल कार्यसमितिको आयोजनामा भएको प्रतियोगितामा धौलागिरिबाट आज टप फाईप छनोट गरिएको थियो।


म्याग्दी, बागलुङ पर्वतको लुकेर रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले एकल गायन प्रतिायोगिता आयोजना गरिएको आयोजकले बताएको छ। एकल गायन  प्रतियोगिताबाट टप फाईपमा खिमा पुर्जा रमेश परियार, राममाया कौशल, राजकुमार परियार, विजय नेपाली अमृता विश्वकर्मा तेजकुमारी विश्वकर्मा छनो  भएका छन् ।


महोत्सवको चौथाृ दिन शनिबार मञ्चमा  उपस्थित दर्शकलाई चर्चित गायक थानेश्वर गौतम, याम क्षेत्री, कुमार पुन राजन कार्की, सीता केसी तथा स्थानीय कलाकारको प्रस्तुती भएकोे संचार संयोजक अमित विश्वकर्माले बताउनुभयो  ।


लोक संस्कृतिको संरक्षण नव प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजित महोत्सव चैत २० गतेसम्म संचालन हुने छ ।
राष्ट्रिय स्तरका कलाकारहरुको गायन र नृत्य प्रस्तुती रहने महोत्सवबाट  हुने आम्दानीले कलाकार कल्याणकारी कोष स्थापना गरिने प्रतिष्ठानले बताएको छ । महोत्सवको चौथो दिन सालैजो नृत्य प्रतियोगिता हुने जनाएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l