महोत्सवको तेस्रोदिन भजन प्रतियोगिता (फोटोफिचर)

  • १२ चैत्र २०७३, शनिबार
  • 4683 पटक पढिएको

म्याग्दी, १२ चैत । बेनीमा संचालित प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा शनिबार भजन प्रतियोगिता भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिको आयोजनामा भएको प्रतियोगितामा धौलागिरिबाट ५ टिमको सहभागिता भएको थियो ।

म्याग्दी, बागलुङ पर्वतको लुकेर रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले भजन प्रतिायोगिता आयोजना गरिएको आयोजकले बताएको छ। भजन प्रतियोगितामा कालीका भगवती भजन समुह, संगीतमय युवा भजन समुह, धार्मिक भजन समुह कुस्मा पर्वत, जगन्नाथ मन्दिर भजनसमुह र गणेश मण्डली समुहको प्रस्तुती भएको थियो ।

महोत्सवको तेस्रो दिन शनिबार मञ्चमा उपस्थित हजारौ दर्शकलाई चर्चित जनबादी गायक जीवन शर्मा, लोकगायक खड्का गवुर्जा, चोलेन्द्र पौडेल र राम्जी पौडेलले प्रस्तुत गरेको संचार संयोजक अमित विश्वकर्माले बताउनुभयो ।

लोक संस्कृतिको संरक्षण नव प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजित महोत्सव चैत २० गतेसम्म संचालन हुने छ ।  राष्ट्रिय स्तरका कलाकारहरुको गायन र नृत्य प्रस्तुती रहने महोत्सवबाट हुने आम्दानीले कलाकार कल्याणकारी कोष स्थापना गरिने प्रतिष्ठानले बताएको छ । महोत्सवको चौथो दिन सालैजो नृत्य प्रतियोगिता हुने जनाएको छ ।