ओमकुमारी शान्ति कोषको अध्यक्षमा : शाक्य निर्वाचित

  • १२ चैत्र २०७३, शनिबार
  • कमल खत्री
  • 3489 पटक पढिएको

म्याग्दी, १२ चैत । म्याग्दीमा क्रियाशिल रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा राजेश शाक्य निर्वाचित हनुभएको छ । कोषको शनिवार बेनीमा सम्पन्न तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट शाक्य सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।


जिल्लाको सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहनुभएका शाक्य यस कोषको निवर्तमान अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँ म्याग्दी उद्योग बाणिज्य संघको महासचिब समेत हुनुहुन्छ ।

अधिबेशनबाट शान्ति कोषको उपाध्यक्षमा हरिकृष्ण गौतम, सचिबमा लोकेस पुन मगर, कोषाध्यक्षमा खम थापा र सहसचिबमा विनय श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

कोषको सदस्यहरुमा दिलकुमारी पुन, सुरेश पुन, भिमनाथ शर्मा, कृष्ण जिसी, नरेश श्रेष्ठ, सन्तोष गौतम, सन्दिप खत्री, सचिन चौधरी चयन हुनुभएको छ । कोषको साधारण सभामा सचिब सचिब लोकेस पुन मगरले प्रस्तुत गर्नुभको प्रगति र कोषाध्यक्ष खम थापा मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारिद गरेको छ । कोषको साधारणसभाको म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको थियो ।


हाईपोप्लाष्टिक एनिमिया रोगबाट पिडित भई उपचारकै क्रममा ज्यान गुमाएकी बेनी नगरपालिका–४ थामडाँडा निवासी ओमकुमारी पुन (शान्ति)को स्मृतिमा स्थापना गरिएको कोषले हालसम्म जिल्लामा विभिन्न रोगबाट पिडित भई आर्थिक अभावले उपचार गराउन नसकेकाहरु ३२ जनालाई आर्थिक सहयोग गरि उपचार गराईसकेको छ भने अन्य विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ । कोषले जिल्लामा परोपकारी अभियानलाई प्रभावकारी बनाउन रु १ करोड ५० लाख राशिको अक्षयकोष स्थापना गर्ने अभियानलाई समेत तिब्र बनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l