जलजलामा पहिरो पीडितलाई सहयोग
- १७ श्रावण २०७५, बिहीबार
- 1515 पटक पढिएको
म्याग्दी, १८ साउन । बाढी र पहिरोका कारण समस्यामा परेका स्थानीय जलजला गाउँपालिकाका पीडितलाई लायन्स क्लबअफ डिस्ट्रिक्ट ३२५ बी अन्तर्गतका लायन्स क्बलले आर्थिक र खाद्य सामाग्री सहयोग गरेका छन् ।लायन्स क्लबअफ डिस्ट्रिक्ट ३२५ बीअन्तर्गका सदस्यबाट रु दुईलाख २४ हजार, कुस्मास्थितलायन्स क्लबबाट रु २५ हजार गरी रु २ लाख ५० हजार पीडितको सामूहिक आवास निर्माणका लागि सहयोग गरिएको हो । त्यसैगरी लायन्स क्लब अफ पोखरा अन्नपूर्णले रु एक लाखभन्दा बढीको खाद्य सामाग्री र त्रिपाल वितरण गरेको छ ।
बाढी पहिरोपीडितका लागि संकलन गरिएको नगद र खाद्य सामाग्री जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई हस्तान्तरण गरिएको छ । अध्यक्ष मल्ललाई लायन्स क्लबअफ डिस्ट्रिक्ट ३२५ बीकाचिफ डिस्ट्रिक्ट एड्भाइजर काशीकुमार जोशी, डिस्ट्रिक्ट डिसेवल एड डिर्पाटमेन्ट चिफ सोनाम स्याङपो, सिनियर डिस्ट्रिक्ट एड्भाइजर दिनबन्धु पौडेल लगायतले संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
गत साउन १ गते राति जलजला गाउँपालिका– ७ र ८ मागएको बाढी पहिरोमा परी एक जनाको ज्यानगएको थियो भने १४ घर पूर्ण रुपमा विस्थापित बनेका थिए । लस्ती खोलामा भएको कटान र अन्य क्षेत्र मागएको पहिरोका कारण धेरै घरपरिवार जोखिममा छन् ।
बाढी पहिरोमा परेर घरबार बिहीन भएका आफन्त र स्थानीय निजी विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । पहिरो गएको जलजला–८ बेरनेटामा घर बनाउने जमिन समेत नभएका कारण पीडित सुकुम्वासी दलितका लागि अहिले सुरक्षित स्थान र सामूहिक आवासको आवश्यकता खटकेको छ ।