म्याग्दीका एक युवा ६ बर्षदेखि कतारमा बेपत्ता (भिडियो सहित)

  • १० चैत्र २०७३, बिहीबार
  • 4410 पटक पढिएको

म्याग्दी, १० चैत । बैदेशिक रोजगारिको शिलसिलामा कतारमा पुगेका म्याग्दीका एक युवा विगत ६ बर्षदेखि वेपत्ता भएका छन् । बेगखोला घर भई हाल पर्वत बगरफाँटमा बस्दै आएकी दिलमायाँ विकका जेठा छोरा समबहादुर विक विगत ६ बर्षदेखि सम्पर्कविहिन बनेका हुन् ।

रोजगारिको शिलसिलामा कतारमा पुगेको एक बर्षसम्म घरपरिवारको नियमित सम्पर्कमा रहेका २६ बर्षका समबहादुरको बिगत ६ बर्षदेखि भने घरपरिवारसंग कुनै सम्पर्क भएको छैन् ।

‘‘ त्यतिबेला हामीसंग बल्लतल्न एउटा मोवाईल थियो, छोराले विदेश पुगेर नियमित रुपमा फोन गथ्र्यो, हामीसंग भएको मोवाईल पनि हरायो, छोराको नम्बर पनि हामीले थाहा पाउन सकेनौँ, उसले पनि हाम्रो फोन नम्बर थाहा पाउन सकेन, त्यसपछि उसंग हाम्रो कुनै सम्पर्क हुनै सकेन,’’– आमा दिलमायाँले भनिन् । कतारमा रहेका चिनेजानेका आफन्तलाई खोजीकार्यको लागि आग्रह गरेपनि कसैले पनि कतारमा उनलाई अहिलेसम्म पत्ता लगाउन नसकेको उनले बताईन् ।

‘‘ थाहा पाएसम्म कतार जानेजतिलाई छोराको फोटो पठाउने गरेको छु, कुन मेनपावर कम्पनीबाट गएको हो, कुन कम्पनीमा काम गथ्र्यो हामीलाई केही पत्तो छैन, छोराको खोजी गर्न कतिलाई त पैसा पनि पठाएँ, तर अहिलेसम्म उसको बारेमा केही पत्तो लागेको छैन,’’– आमा दिलमायाँले थपिन् ।रघुगंगा गाउँपालिका–१ मा पर्ने साविकको बेगखोला–२ घर भएका विक परिवार केही बर्ष पिप्ले गाविसको मौवाफाँटमा बसोबास गरि हाल पर्वत बगरफाँटमा बस्दै आएका छन् ।

एकल महिला समेत रहेकी दिलमायाँले आफ्नो छोराको खोजी गरि वास्तविकता पत्ता लगाईदिन सबै सरोकारवालालाई अपिल समेत गरेकी छिन् । यसैबिच कतारमा पुगेर वेपत्ता भएको सम्बन्धमा सामाजिक सञ्जाल मार्फत सन्देशहरु संप्रेषण भएपछि कतारमा रहेका म्याग्देलिहरुको छाता संगठन मोना कतारले समेत विकको खोजिको लागि आबश्यक पहल थालेको छ ।

मोना कतारका बरिष्ट उपाध्यक्ष तिलु शर्मा पौडेलले  बेपत्ता भएका विक कतारमा आएको कम्पनी पत्ता लगाउनका लागि उनी आएको मेनपावर कम्पनी पहिचानको लागि आबश्यक कार्य भईरहेको बताउनुभयो ।

भिडियो