विभिन्न माग राख्दै क्याम्पस प्रशासनलाई ध्यानाकषर्ण
- १० चैत्र २०७३, बिहीबार
- धिरन खत्री
- 2505 पटक पढिएको
म्याग्दी,१० चैत । अनेरास्ववियू क्रान्तिकारी म्याग्दी बहुमुखी इकाइ समितिले विभिन्न माग राख्दै क्याम्पस प्रशासनमा ध्यानाकर्षण गराएको छ । संगठनको क्याम्पस इकाई उपाध्यक्ष रसिला बस्नेतको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख टिकाराम सापकोटालाई विद्यार्थीको विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो । क्याम्पसले शुल्कबृद्धि गरि शुल्क स्थगित नगर्दासम्म विद्यार्थीबाट ल्याएको शुल्क फिर्ता गनुपर्ने, विगत लामो समय देखि समयमै पुस्तकालय नखोलेको हुदाँ समयमै खोल्नुपर्ने र क्याम्पसमा प्राध्यापकले लामो समयदेखि तलव नपाएको भन्दै आन्दोलित बनेको हुदाँ उनीहरुको जायज मागलाई सम्वोधन गर्दै विद्याथीर्र्को पठनपाठनलाई बाधा नपु¥याउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको क्याम्पस इकाइ उपाध्यक्ष रसिला बस्नेतले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै– क्याम्पस प्रमुख टिकाराम सापकोटाले विद्यार्थीको हितमा उठाउनु भएको जायज मागलाई तत्काल क्याम्पस समितिको बैठकले सम्वोधन गर्ने प्रतिक्रिया दिनुभयो ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l