बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव सुरु

  • १० चैत्र २०७३, बिहीबार
  • कमल खत्री
  • 3337 पटक पढिएको

म्याग्दी, १० चैत । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा सुरु भएको साँस्कृतिक महोत्सव आगामी चैत २० गतेसम्म सञ्चालन हुनेछ ।

लोक संस्कृतिको संरक्षण गर्दै कलाकारीताको विकासका लागि मोफसलमा पहिलो पटक आयोजना गर्न लागिएको साँस्कृतिक महोत्सवको आज म्याग्दीका प्मुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ ।

प्रष्ठिानका धौलागिरी अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन गर्दै प्रजिअ पौडेलले लोक संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा महोत्सवले सहयोग पुग्ने धारणा राख्नुभयो ।

राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने महोत्सवबाट भएको आम्दानीबाट कलाकारहरुको लागि कल्याणकारी कोष स्थापना गरिने प्रतिष्ठानले जनाएको छ ।

बेनीमा प्रतिष्ठानद्धारा पहिलो पटक आयोजित साँस्कृतिक महोत्सवमा खुला लोकगित प्रतियोगिता, सालैजो नृत्य प्रतियोगिता, मौलिक झाँकी पदर्शन, भजन प्रतियोगिताको साथै राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको साँस्कृतिक प्रस्तुतीहरु रहनेछन् ।

महोत्सव उद्घाटन पुर्व विभिन्न जातजाती र सघंसस्थाको पहिचान झल्कने झाँकी सहितको ¥यालीले बेनीबजार परिक्रमा गरिएको थियो । महोत्सव स्थल खुलामञ्चमा विभिन्न व्यवसायिक स्टलहरु समेत राखिएको छ ।

महोत्सवको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवनकुमार विश्वकर्मा, प्रतिष्ठान गण्डकी अध्यक्ष संकर विरही गुरुङ, म्याग्दीका अध्यक्ष कृष्ण जिसी लगायतले मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानका धौलागिरी अञ्चल कार्यसमितीका बरिष्ट उपाध्यक्ष कृष्ण अखेलीले स्वागत र महासचिब पूर्ण परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l