टेलीकमले निशूल्क सिम र रिम वितरण गर्ने

  • १० चैत्र २०७३, बिहीबार
  • 2189 पटक पढिएको

नेपाल टेलीकम म्याग्दीले बिहीबारदेखि बेनीमा सञ्चालन हुने प्रथम धौलागिरी लोक सांस्कृतीक महोत्सवका अवसरमा निशूल्क सिम र रिम वितरण गर्ने भएको छ ।

महोत्सव स्थलमा स्टल राखेर सर्वसाधारणलाई सिम र रिम वितरण गर्न लागिएको टेलीकमका शाखा प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो । निशूल्क रिम र सिम लिनका लागि उपभोक्ताले परिचय खुल्ने कागजातको प्रतिलिपी र एक प्रती तस्विर सहीत सम्र्पक गर्नुपर्ने उहाँले बताउनुभयो ।