विश्व पानी दिवस मनाइयो

  • १० चैत्र २०७३, बिहीबार
  • 2595 पटक पढिएको

म्याग्दी, ९ चैत । म्याग्दीमा पनी बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पानी दिवस मनाइएको छ ।  जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा बरंजा, ओखरबोट, ताकम र घारमा सन्देशमुलक कार्यक्रम गरेर दिवस मनाइएको हो ।

ओखरबोटको खालखोला खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजनाका फिल्ड संयोजक प्रगती कार्कीले पानी सुद्धीकरण, पुनप्रयोग, गुणस्तर, मुहान सरसफाई लगायतको विषयमा सहजिकरण गर्नुभएको थियो ।

घारको बिरौट खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष ठाकुरप्रसाद बरुवालको अध्यक्षता, स्वास्थ्यप्रर्वद्धक गंगादेवी बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा फिल्ड संयोजक कमला शर्मा र प्राबिधिक रामबहादुर हमालले सफा र स्वच्छ पानीको प्रयोग सम्बन्धि विषयमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा उपभोक्ता समितिका सल्लाहकार फौदबहादुर बरुवालले मन्तब्य व्यक्त गर्नुभएको थियो । यसैगरी बरंजाको बाघहान्ने गौडा खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष रेशम बुढाथोकीको अध्यक्षतामा आयोजनाको मुहानमा आयोजित कार्यक्रमको फिल्ड संयोजक शुशिला केसीले सहजिकरण गर्नुभएको थियो ।

यसैगरी ताकममा कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजनाका पदाधीकारी, सदस्य र स्थानीय बासीन्दाहरु सहभागि स्वास्थ्य प्रर्वद्धक कोपीला कडेलले सहजिकरण गर्नुभएको थियो । सो अवसरमा विभिन्न ठाउँमा रहेका खानेपानी आयोजनाको मुहानहरु समेत सरसफाई गरिएको थियो ।