बगरफाँटमा सिलाईकटाई तालीम उद्घाटन, उद्घोषणकला तालीम समापन
- १६ असार २०७५, शनिबार
- 2015 पटक पढिएको
सन्तोष गौतम /
बेनी १६ असार । जलजला गाउँपालीका २ बगरफाँटमा शनिबार दुई महिने सिलाईकटाई तालीमको उद्घाटन र १५ दिने उद्घोषणकला तालीमको समापन गरिएको छ ।गाउँपालीकाको आर्थिक सहयोगमा वडा कार्यालयको आयोजना, बगरफाँट आमा र जनजाती समुहको सहआयोजनामा सञ्चालीत तालीमको उद्घाटन र समापन गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष मल्ल, उपाध्यक्ष सिमा गर्बुजा पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, ८ नम्बर वडाका अध्यक्ष हरिबिकास जिसीले महिलाहरुमा सिप र क्षमत्ताको विकास गरी आयआर्जनतर्फ अग्रसर बन्नुपर्ने बताउनुभयो ।
१५ दिनसम्म सञ्चालन भएको उद्घोषणकला तालीममा ३५ जनाको सहभागीता रहेको थियो । पूर्व सञ्चारकर्मी तथा वेष्ट पोईन्ट आवासीय माविका सहायक प्रिन्सीपल कृष्ण जिसी, प्रिन्सीपल बिना झाँ र शिक्षीका देवी जिसीले तालीमको सहजिकरण गर्नुभएको थियो । दुई महिनासम्म सञ्चालन हुने सिलाई कटाई तालीममा ४० जनाको सहभागीता रहेको छ ।
वडा अध्यक्ष गोविन्द खत्रीको अध्यक्षता, बगरफाँट आमा समूहका मनीषा पुनको सञ्चालन र शान्ति पाईजाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमका बत्ताहरुले बगरफाँटमा नदीकटान नियन्त्रण, खानेपानी सुबिधा विस्तार, सडक स्तरोन्नतीका लागि जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।