जिल्ला यूवा समितिद्धारा आयोजित परार्मश तालिम सम्पन्न

  • ९ चैत्र २०७३, बुधबार
  • धिरन खत्री
  • 1911 पटक पढिएको

म्याग्दी,९ चैत । जिल्ला युवा समिति कार्यालय म्याग्दीको  आयोजनामा  एकदिने युवा परार्मश तालिम बुधबार  बेनीमा सम्पन्न भएको छ ।

IMG_3682
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषदको आयोजनामा देशमै युवाहरुको आर्थिक विकास गरि समाजमा आत्मनिर्भर बनाउने उद्देश्य लक्षित कार्यक्रम अन्तर्गत म्याग्दीमा युवा समितिले एकदिने परामर्श तालिम आयोजना गरिएको थियो ।

IMG_3685
उक्त तालिमलाई सम्वोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले युवाहरुको क्षमताको पहिचान गरि देशमा उपलब्ध स्वरोजगारीको अवसरलाई सदुपयोग गर्न यो एकदिने युवा परार्मश तालिमले सहयोग पु¥याउने बताउनुभयो । आफुमा भएको क्षमता तथा सिपले देशमा भएका स्रोतसाधनलाई प्रयोग गरि स्वदेशमै उधमी र रोजगारको विकास गर्न आग्रह गुर्नभएको थियो । उक्त तालिम नेतृत्व तथा क्षमता विकास गर्न उपस्थित ४५ जना युवाहरुलाई युवासमिति कार्यालय प्रमुख घनश्याम पौडेल, युवा समितिका अध्यक्ष देविप्रसाद शर्मा र  घरेलु उद्योग अधिकृत मिरा अधिकारीले स्वदेशमा तालिममा सहजीकरण गर्नुभएको थियो ।

IMG_3689
जिल्ला युवा समितिका अध्यक्ष देविप्रसाद शर्माको अध्यक्षता, कार्यालय प्रमुख घनश्याम पौडेलको स्वागत मन्तव्य र सुचना अधिकृत अमृत बास्कुनेको संचालनमा तालिम सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l