बाँसखर्कमा निशूल्क स्वास्थ्य शिवीर सम्पन्न
- २९ जेष्ठ २०७५, मंगलवार
- 2219 पटक पढिएको

बेनी २९ जेठ । पर्वतको जलजला गाउँपालीका १ बाँसखर्कमा मंगलबार जेष्ठ नागरीक तथा महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान तथा ब्यवस्थापन सम्बन्धि शिवीर सम्पन्न भएको छ । गाउँपालीकाको सहयोगमा वडा कार्यालयले आयोजना गरेको शिवीरमा १३० जना लाभान्वित भएका छन् ।

स्त्रीरोग बिशेषज्ञ हेमा छन्त्याल, जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्य, ल्याब टेक्नीसियन यामबहादुर थापा, सिनियर अहेव टंकनाथ शर्मा, जलजला गाउँपालीकाका स्वास्थ्य संयोजक लिलाराम कामती, बाँसखर्क स्वाथ्य चौकी ईञ्चार्ज अनुरोध प्रसाद यादवले सेवा दिनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष तुलसीराम रेग्मीको अध्यक्षता, सञ्चालन वडा सचिव गौतम घर्ती क्षेत्री र स्वागत वडा सदस्य युवराज अर्मजाले गर्नुभएको थियो ।