मल्लाजमा सिलाई कटाई तालीम सुरु

  • २३ जेष्ठ २०७५, बुधबार
  • सन्तोष गौतम
  • 1627 पटक पढिएको

बेनी २३ जेठ । जलजला गाउँपालीका २ मल्लाजमा आधारभुत सिलाई कटाई तालीम सुरु भएको छ ।  महिलाहरुलाई सिप सिकाएर ब्यवसायप्रती आकर्षित र आत्मनिर्भर बन्न सघाउने उद्देश्यले गाउँपालीका र वडा कार्यालयले आयोजना गरेको तालीम ४५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । दैनिक तिन समूहमा सञ्चालन हुने तालीममा ६० जनाको सहभागीता रहेको छ ।

तालीमको उद्घाटन गर्दै गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले महिलाहरुको आर्थिक स्रोतमा पहुँच बढाउन सिप विकासलाई जोड दिइएको बताउनुभयो । तालीम सञ्चालनका लागि गाउँपालिकाले २० वटा सिलाई मेसीन र प्रशिक्षक ब्यवस्था गरेको जानकारी दिनुभयो ।
वडा अध्यक्ष गोविन्द खत्रीको अध्यक्षता र सचिव आग्रह आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, ३ नम्बर वडाका अध्यक्ष रबी भण्डारी, वडा सदस्य निरबहादुर कार्कीको पनी उपस्थिती रहेको थियो ।

सन्तोष गौतम