बेनी नगरपालिका ४ मा नेकपा (एमाले) को तदर्थ समिति गठन

  • ५ चैत्र २०७३, शनिबार
  • 2469 पटक पढिएको

म्याग्दी,५ चैत । नेकपा () बेनी नगरपालिका– ४ को शुक्रबार सिंगामा अगुवा कार्यकर्ताको एक भेला सम्पन्न भएको छ । भेलामा साविक सिंगा गाविसका विभिन्न टोल तथा गाउँबाट कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

index
भेलामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दीका उप–सचिव देव बहादुर घलेले देशको सच्चा माया गर्ने पार्टी एमाले बाहेक कुनै पनि नभएको ठोकुवा गर्नुभयो । भेलाले साविक बेनी नगरपालिका–१३ का अध्यक्ष षडानन्द  कँडेलको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसको सदस्य–सचिवमा दिनेश विष्ट तथा सदस्यहरुमा क्रमशः धन बहादुर खत्री, प्रेम बहादुर कार्की, बबी शाही, राजु किसान, कोपिलाल पौडेल, क्या. प्रेम बहादुर रोका, नन्दु थापा, कुल बहादुर गुरुङ, तुल प्रसाद श्रेष्ठ, भिम गुरुङ र हिरासिंङ थापा रहनु भएको छ ।
त्यसै गरी भेलाले यही चैत्र १८ गते बृहत गाउँ सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुकासाथै पार्टी सदस्यता वितरणलाई व्रिता दिने निर्णय गरेको छ । साविका बेनी नगरपालिका–१३ का अध्यक्ष षडानन्द कँडेलको सभापतित्व, पार्टीका जिल्ला कमिटी उप–सचिव देव बहादुर घलेको प्रमुख आतिथ्यता, युवा संघ म्याग्दीका प्रचार विभाग प्रमुख कमल बानियाँको विशेष उपस्थिती रहेको कार्यक्रमको सञ्चालन दिनेश विष्टले गर्नु भएको थियो ।