माओवादी केन्द्रको वडा अध्यक्षमा खड्का

  • ५ चैत्र २०७३, शनिबार
  • 2431 पटक पढिएको

बेनी,५ चैत । बेनी नगरपालीका ४ सिंगामा शनिबार सम्पन्न नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट अणबहादुर खड्का (भगवान)को अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन भएको छ ।
Flag_of_the_Communist_Party_
देबबहादुर बानियाको अध्यक्षता, खड्गबहादुर पुनको सञ्चालन र माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक कमिटिका सदस्य शेरबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा प्रधानमन्त्रीको निजी सचिवालयका सदस्य पुनम खड्का, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिवालय सदस्य मनोज पौडेल, अनेमसंघ क्रान्तिकारीका अध्यक्ष ज्योती लामछिाने र मंगला गाउँपालीकाका कोषाध्यक्ष मनबहादुर मगरले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अणबहादुर खड्का (भगवान)ले स्वागत गर्नुभएको कार्यक्रममा सहिद परिवार मिना कार्कीलाई सम्मान गरिएको थियो । वडा कमिटिको उपाध्यक्ष डिलमती कार्की (मिना), सचिवमा तेजबहादुर बानिया, सहसचिवमा भरत शर्मा र कोषाध्यक्षमा छवीलाल कडेल निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा सुरेन्द्र भण्डारी, देकबहादुर खड्का, भिमबहादुर थापा, बिना खत्री, सोबिता बिक, खड्ग किसान, डिल्लीराज शर्मा, चिन्तामणी शर्मा, तिलक किसान, रत्ना खड्का, बिष्णु भण्डारी, हिरासिंङ थापा, दिपक खत्री, नरबहादुर खत्री, दलबहादुर कार्की, र मानबहादुर पौडेल रहनुभएको छ । सोही भेलाले सुरेन्द्र भण्डारीको अध्यक्षतामा ३३ सदस्यीय वाईसीएल र जुना खत्रीको अध्यक्षतामा अनेमसंघ क्रान्तिकारी गठन गरेको छ ।