बरंजामा माओवादी केन्द्रको सम्मेलन

  • ५ चैत्र २०७३, शनिबार
  • 2497 पटक पढिएको

म्याग्दी,५चैत । मंगला गाउँपालीकाको ३ र ४ नम्बर वडा बरंजामा शनिबार नेकपा माओवादी केन्द्रको भेला तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले ३ नम्बर वडामा मोहनलाल कडेल र ४ मा सुकमाया रोकाको अध्यक्षतामा वडा कमीटी गठन गरेको छ ।

Flag_of_the_Communist_Party_

ओमबहादुर रोका (रवी)को अध्यक्षता, मोहनलाल सापकोटाको सञ्चालन र खेमनाथ आचार्यको स्वागतमा सम्पन्न भेलामा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले माओवादी जनयुद्धले उठाएका एजेण्डा अनुसार संघिय ब्यवस्थाको कार्यान्वय भई सिंहदरबारबाट अधिकार र सेवा सुबिधा जनताको घरदैलोमा आएको बताउनुभयो ।

मंगला गाउँपालीकाका अध्यक्ष चन्द्रप्रसाद बुढाथोकी, मालीकाका अध्यक्ष कमल केसी, शिक्षक संगठनका सल्लाहकार कृष्णलाल सापकोटा, प्रधानमन्त्रीको निजी सचिवालयका सदस्य पुनम खड्का, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष सुदिन पौडेल र होमनाथ सुवेदीले संबिधानको कार्यान्वय, विकास र सम्बृद्धीका लागि आगामी निर्वाचनमा माओवादीलाई जिताउनुपर्ने बताउनुभयो ।

३ नम्बर वडा कमिटिको उपाध्यक्षमा सममाया नेपाली, सचिवमा यामबहादुर रोका, सहसिचविमा डिलाराम कँडेल, कोषाध्यक्षमा श्याम थापा, सदस्य गंगाधर आचार्य, कर्णबहादुर थापा, डिलमाया रोका, टेकप्रसाद सापकोटा, कल्पना सापकोटा लगायत रहनुभएको छ ।
४ नम्बर वडा कमिटीको उपाध्यक्षमा प्रेम चोचाङ्गी, याम बिक, मनबहादुर थापा, हरिकला पुन, बलबहादुर फगामी, उमेश बिक, सुर्य पुर्जा, शेरबहादुर बिक, नन्दकली रोका, टेकबहादुर किसान, बिष्णु छन्त्याल लगायत निर्वाचित हुनुभएको छ ।

सोही भेलाले यामबहादुर रोकाको अध्यक्षतामा १३ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन र कर्णबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय वाईसीएलको संयुक्त वडा कमिटि गठन गरेको छ ।