तरुण दल म्याग्दीका अध्यक्ष छन्त्याललाई मातृशोक
- ४ चैत्र २०७३, शुक्रबार
- 2951 पटक पढिएको
चैत ४, बेनी । तरुण दल म्याग्दीका अध्यक्ष एवँ महाधिवेशन प्रतिनिधी मुकुन खड्का छन्त्याललाई मातृशोक परेको छ । लामो समयदेखि पाठेघरको क्यान्सरबाट पीडित छन्त्यालका माता मनदेवी खड्का छन्त्यालको ६९ बर्षको उमेरमा बिहीबार बिहान बेनीस्थित आफ्नै निवासमा निधन भएको हो ।
वि.स २००४ सालमा जन्मेकी मनदेवीकी एक सुपुत्र र तीन सुपुत्री छन् । ज्येष्ठ सुपुत्र मुकुन विगत एक दशक देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । लामो समय वैदेशिक रोजगारपछि स्वदेश फर्केका मुकुन छोटो समयमै राजनीतिमा फड्को मार्ने नेता मध्ये समेत पर्छन् । आदीबासी जनजाति संघको अध्यक्ष हुदै राजनीतिमा लागेका उनले दोश्रो कार्यकाल तरुण दलको अध्यक्षमा निर्वाचित भएका हुन् ।
राजनीतिका अतिरिक्त उनी रेडियो म्याग्दी १०४.४ मेघाहर्जका वरिष्ठ उपाध्यक्ष, नेपाल छन्त्याल संघका निर्वतमान केन्द्रीय कोषाध्यक्ष, रिहगाद बहुउद्देश्यीय सहकारी संस्था, सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लगायत दर्जन बढी सामाजिक संघसंस्थामा आबद्ध छन् ।