विपक्षीको शक्ति प्रदर्शनले राजधानीको ट्राफिक अस्तव्यस्त

  • २२ पुष २०७३, शुक्रबार
  • 2515 पटक पढिएको

संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा (एमाले) सहित विभिन्न नौ विपक्षी दलले आज आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ ।काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्गस्थित सभामा परिणत हुनेछ ।

सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न स्थानबाट निक्लिएको जुलुसले राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

source; ratopati