हिस्तानका दुई विद्यार्थी वेपत्ता

  • २ चैत्र २०७३, बुधबार
  • सन्तोष गौतम
  • 3788 पटक पढिएको

म्याग्दी २ चैत । म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै वेपत्ता भएका छन् । हिस्तानको मण्डली प्राबिको कक्षा ४ मा पढ्ने १० वर्षिय राजकुमार बिक र ८ वर्षिय सुवास रन्तिजा मंगलबार दिउँसोदेखि वेपत्ता भएका हुन् ।

दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्कीएका उनिहरु अहिलेसम्म फेला नपरेको आदर्श मावि रिमा स्रोत केन्द्रका स्रोत व्यक्ति भरतकुमार पुनले जानकारी दिनुभयो ।  विद्यालय पोशाक र झोला सहित रहेका उनिहरु घर नगएपछि अभिभावक र शिक्षकहरुले प्रहरी मार्फत खोजी गरीरहेका छन् ।

खोजी गर्ने क्रममा उनिहरुले मंगलबार साँझ पर्वतको मल्लाज लामाखेतमा रहेको आफन्तकहाँ झोला राखेको पाइएको छ । तर उनिहरुको अवस्था पहिचान हुन नसकेकाले प्रहरी मार्फत खोजी तिब्र पारिएको स्रोत व्यक्ति पुनले बताउनुभयो ।

सन्तोष गौतम