बेनीमा उपभोक्ता अधिकार दिवस मनाइयो

  • २ चैत्र २०७३, बुधबार
  • सन्तोष गौतम
  • 1971 पटक पढिएको

म्याग्दी, २ चैत । बेनीमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरेर विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा “उपभोक्ता हित संरक्षणमा लगाऔ ध्यान, सुरक्षित राखौ सम्पत्ती जिउज्यान” भन्ने मूल नाराका साथ जागरण कार्यक्रम गरेर दिवस मनाइएको हो ।    जिल्ला प्रशासन कार्यालय अगाडीको चोकदेखि सुरु भएको ¥याली बजार परिक्रमा गरेर म्याग्दी उद्योग वाणिज्य संघमा पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले उपभोक्ता हितका लागि बजार अनुगमनलाई प्राथमिकता दिइएको बताउनुभयो ।
IMG_4191
उहाँले उत्पादक, बिक्रेता जिम्मेवार र उपभोक्ताहरु सचेत तथा जागरुक बन्नुपर्ने बताउनुभयो । प्रजिअ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले व्यवसायीहरु उपभोत्ताको हितको सवालमा संवेदनशिल भएको बताउनुभयो ।   सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानीय विकास अधिकारी प्रेमराज गिरी र उपभोक्ता हित संरक्षण मञ्च म्याग्दीका अध्यक्ष ठहरबहादुर भण्डारीले स्वच्छ, स्वस्थ्य र गुणस्तरीय बस्तु तथा सेवा उपभोग गर्न पाउनु संबैधानीक अधिकार भएको बताउनुभयो । IMG_4186

कार्यक्रममा कार्यालय प्रमुख, कर्मचारी, ब्यापारीहरुको सभागिता रहेको थियो । सन १९६२ माचै १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनौट र सुनुवाईलाई उपभोक्ताका चार अधिकारका रुपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाउने गरीन्छ ।   संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन १९८५ मा उपभोक्ता शिक्षा, क्षत्तीपूर्ती, आधारभुत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार थप गरी अनुबन्ध पारित भएको थियो ।

सन्तोष गौतम