नन्दहरि सृृजनशिल पत्रकारिता पुरस्कार म्याग्दीका ध्रुबसागर शर्मालाई

  • १७ बैशाख २०७५, सोमबार
  • 1855 पटक पढिएको

 

राजेशचन्द्र राज भण्डारी, बाग्लुङ ।बैशाख,१७

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पुर्ब अध्यक्ष हरिनारायण गौतम र उनका परिवारले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कार खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले म्याग्दीका पत्रकार धुब्रसागार शर्मालाई प्रमाणपत्र सहित नगद १५ हजार १ सय ५५ प्रदान गरेका हुन् । क्रियाशीलता र निरन्तररूपमा पत्रकारिता गर्ने एक जना पत्रकार लाई बर्षको एकपटक पुरस्कृत गर्दै आएको छ ।

नन्द हरि पत्रकारिता पुरस्कार बाट बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी, म्याग्दीका घनश्याम खड्का, पर्बतका दुर्गाप्रसाद शर्मा ज्ञानेन्द्र गौतम, ओम प्रसाद घायल र कोपिला कडेल पुरस्कृत भइसकेका छन् ।  नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा भएको पुरस्कार बितरण कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा बागलुङका माननीय सांसद डाक्टर सुर्य पाठक प्रदेश सभा सांसद सावित्री राना, नन्द हरि सृनशिल पुरस्कार समितिका संस्थापक हरिनारायण गौतमले धारणा राखेका थिए ।

कार्यक्रममा पुरस्कृत पत्रकारको परिचय नन्द हरि सृजनसिल पत्रकारिता पुरस्कार छनौट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले गरेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष स्वागत कोषाध्यक्ष बिजय रानाले संचालन सचिव राम थापालेले गरेका थिए । नन्द हरि सृननशिल पत्रकारिता पुरस्कार २०७५ देखि प्रदेश स्तरको गरिने र पुरस्कार राषि समेत बृद्धी गरेर लैजाने संस्थापक हरिनारायण गौतमले बताए ।