धौलागिरी गाउँपालिकाको केन्द्रमा हिँडेका कार्यकारी प्रमुख सहितको टोलिलाई यसरी भयो अबरोध (फोटो सहित)

  • १ चैत्र २०७३, मंगलवार
  • 6099 पटक पढिएको

म्याग्दी, १ चैत । सरकारले घोषणा गरेको नयाँ स्थानीय तह अन्र्तगत म्याग्दीको धौलागिरी गाउँपालिकाको केन्द्र सुभारम्भ गर्न हिँडेको टोलिलाई ताकमबासीले अबरोध गरेका छन् । धौलागिरी गाउँपालिकाको केन्द्र ताकम हुनुपर्ने भन्दै आन्दोलित बनेका स्थानीयले आयोग र सरकारले अबैज्ञानिक तवरले गाउँपालिकाको केन्द्र मुना तोकेको भन्दै सो टोलिलाई आज विहान करिब ११ बजेदेखि अबरोध गरेका हुन् ।

    17351319_1353381514719593_347909055_n

जिल्ला समन्वय समिती मार्फत गाउँपालिका केन्द्रको कार्यकारी प्रमुखको रुपमा खटिएका सोमबहादुर खत्री सहित गाउँपालिकाको वडा सचिबहरुको टोलि मुना जाँदै गर्दा उनीहरुलाई ताकमबासीले कालोझण्डा पर्दशन सहित टोलि सवार जिपलाई अबरोध पु¥याएका थिए ।

17270212_1353381151386296_1741917848_n स्थानीयको अबरोधको कारण आफुहरु ताकमबाट फर्किएर धारापानीमा आएर बसेको गाउँपालिकाका कार्यकारी प्रमुख सोमबहादुर खत्रीले बताउनुभयो ।

17274295_1353381531386258_1296386937_n

उहाँका अनुसार ताकमबासीले गाउँपालिकाको केन्द्र ताकम हुनुपर्ने भन्दै उक्त टोलिलाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्रमा भौगोलिक भु–बनोट, बस्ती विकासको सम्भावना र जनतालाई प्रशासनिक सुगमताको कारण धौलागिरी गाउँपालिकाको केन्द्र ताकम बनाउनुपर्ने माग गरिएको छ ।

17274294_1353381741386237_1992825738_n

स्थानीयको अबरोधबारे जिल्लामा खवर गरेपछि जिल्लाबाट शुरक्षाकर्मी सहितको टोलि खटाउने र सोही टोलि आर्फत आजै गाउँपालिकाको केन्द्र स्थापना गर्ने तयारी भईरहेको बताइएको छ ।

17270970_1353381811386230_532134473_n

तत्कालिन स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिती र जिल्ला स्थित राजनितीक दलहरुले धौलागिरी गाउँपालिकाको केन्द्र ताकम /मुना गराउन प्रस्ताब गरेको थियो भने आयोगले अस्थायी केन्द्रको रुपमा मुनालाई तोकेपछि ताकमक्षेत्रका बासिन्दाहरु निरन्तर आन्दोलित बनीरहेका छन् ।

17327987_1353381298052948_1116163381_n

ताकमबासीले गाउँपालिकाको केन्द्र स्थापनाको लागि हिँडेको टोलिसंग रहेको गाउँपालिकाको केन्द्र मुना लेखिएको लेटरप्याडलाई समेत जलाएका छन् । त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिकामा समेत केन्द्रको विवादले निर्वाचन र गाउँपालिका कार्यान्वयन अनिश्चित बनेको छ ।

17155503_1349231515134593_2999006487014784991_nतस्बिरः गोपाल आचार्य, ताकम