नेपाल राष्ट्रिय शिक्षक संगठनको गाउँपालिका स्तरीय संरचना निर्माण

  • १ चैत्र २०७३, मंगलवार
  • 4503 पटक पढिएको

म्याग्दी, १ चैत । नेकपा एमाले निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले सरकारले हालै कार्यान्वयनमा ल्याएको स्थानीय तह अनुसारको संगठन निर्माण गर्न थालेको छ । संगठनले म्याग्दीको मालिका , मंगला, धौलागिरी र अन्नपूर्ण गाउँपालिकामा प्रथम अधिवेशन मार्फत गाउँपालिका स्तरीय संरचना निर्माण गरेको हो ।17238972_1347711511939195_1039336777_n

अन्नपूर्ण गाउँपालिकामा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिबेशनले मेख बहादुर खड्काको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा करबहादुर बरुवाल, महिला उपाध्यक्षमा सुनिता गिरि, सचिबमा भगवान बहादुर कार्की, सहसचिवमा बिरमाया बिक, कोषाध्यक्षमा रामकृष्ण खड्का र सह–कोषाध्यक्षमा बृन्दा थापा चयन हुनुभएको छ । 17203757_1342110942499252_668111909_n

त्यस्तै समितीको सदस्यहरुमा श्याम बहादुर पुन, खेमनाथ शर्मा, दिनेश पुन बुद्धुजा,शिर बहादुर गर्बुजा, चीन बहादुर पुन, खेम बहादुर पाइजा, टोक बहादुर पुन, छेम प्रसाद गर्बुजा, दुर्गादेवी पाइजा, बिना तिलिजा र लालमाया छन्त्याल रहनुभएको छ । त्यसैगरि धौलागिरी गाउँ पालिकामा मन बहादुर रोकाको अध्यक्षतामा संगठन निर्माण भएको छ । समितिको उपाध्यक्षमा प्रकाश आचार्य, महिला उपाध्यक्षमा धना कुमारी भण्डारी कार्की, सचिवमा रास बहादृुर गोतामे, सह सचिबमा नर माया पुन, कोषाध्यक्षमा लबहादुर रोका  र सह कोषाध्यक्षमा सीता मल्ल चयन हुनुभएको छ । 17238503_1347713301939016_898819330_n

समितीको सदस्यहरुमा  ओमकार पौडेल दुर्गा ब. खड्का , प्रकाश के.सी. चीरन्जीवि पौडेल, नारायण शेरपुन्जा, हरी छन्त्याल, ठाकुर सुवदी ,ईन्द्र कुमारी क्षेत्री, गौसरा घर्ती चयन हुनुभएको छ । त्यसैगरि मंगला गाउँ पालिकाको प्रथम अधिबेशनबाट रूद्र केसीको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ । समितीको उपाध्यक्षमा डम्मरराज सुबेदी, महिला उपाध्यक्षमा देबी पूर्जा, सचिव खगेन्द्र सापकोटा , सहसचिवमा सुश्मिता बस्याल, कोषाध्यक्षमा पूर्णबहादुर रोका, सहकोषाध्यक्षमा उमा कंडेल चयन हुनुभएको छ भने सदस्यहरूमा कृष्णबहादुर खत्री, जमानबहादुर खत्री, नरमाया रोका, कर्णबहादुर रोका, रेशमलाल सापकोटा, बालकुमारी खत्री, अन्जना खत्री, आरती राइ र छत्र बहादुर खड्का चयन हुनुभएको छ ।
17270368_626996074152758_1808470381_n

यसैबिच संगठनको मालिका गाउँपालिका अधिवेशनले अमरसिह पुनको अध्यक्षतामा १६ सदस्यीय रहेको समिति गठन गरेको छ । उक्त समितिको महिला उपाध्यक्षमा धनदेवी घर्ती र उपाध्यक्षमा खिम ब जुग्जाली, सचिवमा सुरमन जुग्जाली, सह–सचिवमा किममाया पुन, कोषाध्यक्षमा जितमायाँ गवुर्जा, सह– कोषध्यक्षमा तिलमाया भण्डारी पुन, चयन भएका छन  भने समितिको सदस्यहरुमा मनबहादुर बुढा, इन्द्रा पुन, हरिबहादुर पुन, प्रदिप पौडेल, सन्ध्या जुग्जाली, प्रकास सुवेदी, लक्ष्मण गौतम, सुनिता पाईजा, प्रेममाया रोका रहेका छन् ।

सरकारले स्थानीय तह पुर्नसंरचना गर्दै नगरपालिका र गाउँपालिका निर्माण गरेपछि सोही तह अनुसारको संगठन निर्माण गरिएको संगठनका जिल्ला सचिब जयराम सुवेदीले जानकारी दिनुभयो ।