भुकम्पले भत्कीएको विद्यालय भवन पुननिर्माण

  • १ चैत्र २०७३, मंगलवार
  • सन्तोष गौतम
  • 2861 पटक पढिएको

2

म्याग्दी,०७२ बैशाख १२ गतेको भुकम्पका कारण सो विद्यालयको ७ कोठे भवन भत्कीएको थियो । अमेरीकाको ग्लोबल न्युटे«शन एण्ड ईम्पावरमेन्ट (जिएनआई) संस्थाको १२ लाख रुपैया आर्थिक सहयोगमा पुननिर्माण भएको २ कोठे भवनको सोमबार उद्घाटन गरीएको छ ।

स्थानीय बासीले थप एक लाख रुपैया बराबरको श्रमदान गरेर निर्माण गरेको भवनको संस्थाकी अध्यक्ष म्यारी लङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा न्युरो सर्जन चिकित्सक रहेकी लङले अमेरीकामा स्वमसेवी हिसावले संकलन गरेको रकम भवन पुननिर्माणमा सहयोग गरेको र यसबाट विद्यार्थीको पढाईमा सघाउ पुग्ने बताउनुभयो ।

3

उहाँले आफूहरुले नेपालका बालबालीका र महिलाको पोषणमा पहुँच बढाई उनिहरुको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर कार्यक्रम गर्न पहल गरीरहेको बताउनुभयो । यसैगरी समन्वयकर्ता अगुवा डमबहादुर पुनले भौगोलिक रुपमा बिकट भएपनि कृषि, पशुपालन, पर्यटन, खनिज सम्पदाका हिसावले महत्वपूर्ण सम्भावना बोकेको ठाडाखानी गाउँको विकासमा एकतावद्ध भई अग्रसर बन्न आग्रह गर्नुभयो ।

विद्यालयकी प्रअ खिममाया छन्त्यालले जिएनआईको सहयोगमा दुई कोठे र जिल्ला शिक्षा कार्यालयको सहयोगमा अर्को तिन कोठे भवन निर्माण भएपनी अझै पाँच वटा कक्षालाई अस्थाई टहरामै राखेर पढाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

1

उहाँले विद्यालयमा कम्तीमा पनि थप पाँच वटा कोठा भएको भवन आवश्यक रहेको बताउनुभयो । भुकम्पले भवन भत्कीएपछि सो विद्यालयमा जिएनआई संस्थाको एक लाख ५० हजार रुपैया सहयोगमा अस्थाई टहरा बनाएर पठनपाठन सञ्चालन गरिएको थियो । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा ९० जना विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा विद्यालय भवन निर्माण समितिका अध्यक्ष मनकुमार पुन र कोषाध्यक्ष टेकजित भरम्जा छन्त्यालले सहयोगदताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमबहादुर घरम्जा छन्त्यालको अध्यक्षता, मन छन्त्यालको सञ्चालन र मनबहादुर बुढाथोकीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन्तोष गौतम